अपमान सहेर कोही पनि बस्दैन् : माधव नेपाल

  • झरना खबर
  • २०७८ श्रावण ७ गते १३:५९ बजे प्रकाशित

काठमाण्डौं : एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले जनताको पीडा र समस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको  ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपालले एमाले पार्टीभित्र देखिएको समस्याले पीडा दिने भएकोले यसलाई समाधान गर्नुपर्ने बताए । उनले भने,‘हामी संकल्प गरौं कि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर हामी अघि बढ्नेछौं । सही दिशामा लैजानेछौं । कसले आफ्नो बनेको घरबाट त्यत्तिकै बाहिर निस्किन चाहन्छ रु तर, अपमान सहेर कोही पनि बस्दैन् । गलत र अत्याचार सहेर कोही पनि बस्नुहुँदैन् ।

सम्बन्धित समाचारहरू

Comments