देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने- 'निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भयो'

  • झरना खबर
  • २०७८ श्रावण ४ गते १०:३२ बजे प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

नेता नेपालसहित २२ एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् । एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको छ । एक जना भने तटस्थ बसेका छन् ।

संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका छन् ।

यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको भन्दै उनले भने, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ ।’

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments