
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो।
काठमाडौँस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ।
अन्तिम अपडेट : २०८१ पौष २१ गते १०:११ बजे
Comments