काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
- भाद्र २१, २०८३ मा प्रकाशित
काठमाडौँ : काठमाण्डौं पानी संघको आयोजनामा पानी उद्योगी तथा व्यवसायीहरूका लागि लक्षित १ दिने नेतृत्व विकास तालिम टौदहस्थित टौदह पार्टी प्यालेसमा सफलतापूर्वक सम्पन्न भएको छ।

“उद्योगीहरूलाई सशक्त बनाउने, नेतृत्वलाई प्रेरित गर्ने र संस्थाहरूलाई मजबुत बनाउने” (Empowering Entrepreneurs, Inspiring Leadership, Strengthening Organizations) मुख्य नाराका साथ आयोजना गरिएको उक्त तालिममा पानी उद्योग तथा व्यवसायसँग आबद्ध विभिन्न उद्योगका २० जना भन्दा बढि प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बिहान ९:०० बजेदेखि साँझ ५ : ०० बजेसम्म सञ्चालन भएको उक्त तालिम सत्रमा सहभागीहरूलाई औद्योगिक प्रवर्द्धन र विकास, नवीन व्यावसायिक रणनीतिहरू, तथा प्रभावकारी व्यवस्थापनका मुख्य सिद्धान्तहरूका बारेमा प्रशिक्षण दिइएको थियो। यसका साथै नेता र नेतृत्व बीचको भिन्नता, आपसी मतभेदलाई शक्तिमा बदल्ने कला, लक्ष्य निर्धारण (Goal Setting) तथा टिमवर्क र सञ्चार (Teamwork and Communication) जस्ता व्यावहारिक र नेतृत्व क्षमता अभिवृद्धि गर्ने विषयहरूमा विस्तृत छलफल र अभ्यास गराइएको थियो।

उक्त नेतृत्व विकास सम्बन्धी तालिम चर्चित प्रशिक्षक दिवाकर रिजालले दिएका थिए । तालिममा नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङको विशेष उपस्थिति रहेको थियो।
आयोजक संस्था काठमाण्डौं पानी संघका अध्यक्ष गोकुल थापाका अनुसार उक्त तालिमले सहभागी उद्यमीहरूमा व्यावसायिक क्षमता बढाउन र आफ्ना संस्थाहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन महत्त्वपूर्ण ऊर्जा प्रदान गरेको छ। थापाले पानी उद्योग व्यवसायलाई मर्यादित, गुणस्तरीय र व्यावसायिक बनाउन यस्ता नेतृत्व विकास सम्बन्धी तालिमहरू कोसेढुङ्गा सावित हुने बताउनुभयो।

उक्त तालिमबाट प्राप्त ज्ञान र सीपले उद्योगीको व्यावसायिक यात्रा र संस्थागत विकासमा नयाँ आयाम थप्नेछ भन्ने विश्वास संघले लिएको काठमाण्डौ पानी संघका महासचिव अमराज लामाले बताएका छन् । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
तालिमका मुख्य आकर्षणहरू :
औद्योगिक प्रवर्द्धन, विकास र नयाँ व्यावसायिक रणनीतिहरू
प्रभावकारी व्यवस्थापन र संस्थागत नेतृत्वका सिद्धान्तहरू
लक्ष्य निर्धारण (Goal Setting) र समस्या समाधानका उपायहरू
टिमवर्क र प्रभावकारी सञ्चार कला (Teamwork & Communication)
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments