नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
- असार २८, २०८३ मा प्रकाशित
काठमाडौं । नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गर्नुभयाे ।
म्याराथुनमा पुरूष तर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दाेश्राे र मनिष ऐर तेश्राे भए । महिला तर्फ सन्ध्या पाैडेल प्रथम हुँदा क्रमशः राेशीका बैद्य र दर्शिता भण्डारी दाेश्राे र तेश्राे भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएकाे थियाे ।

साे अवसरमा बाेल्दै प्रबन्ध निर्देशक डा. यासमिनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताउनु भयाे । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरुको अध्यापन तथा अतिरिक्त कृयाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उहाँकाे प्रतिबद्धता छ ।
स्वास्थ्य तर्फ हाम्रो प्रयास (OATH) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
स्पोर्ट्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरु हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले बताइन् । कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
ट्रेन्डिङ
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments