मरिण बृहत्तर खानेपानी आयोजना सम्पन्न (भिडियो सहित)
- असार २४, २०८३ मा प्रकाशित
काठमाण्डौं : सिन्धुली जिल्लाको मरिण गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक गाउँपालिका हो। साबिकको कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान गरि ३ गा वि स समेटी मरिण गाउँपालिकाको गठन भएको थियो । यस गाउँपालिकाको नामाकरण भने सिन्धुली जिल्लाकै प्रसिद्द मरिण खोलालाई आधार मानी गरिएको हो ।
अहिले त्यहि मरिण गाउँपालिकाले बृहत मरिण खानेपानी योजना सम्पन्न गरेको छ । सहरीकरण बढेसँगै मरिण गाउँपालिकामा संघीय सरकारको सहयोगमा बृहत्तर खानेपानी आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको काम सम्पन्न भएसँगै मरिण गाउँपालिकाका वडा नम्बर ६ र ७ का उपभोक्तालाई खानेपानी वितरण समेत सुरु गरिएको छ । यो आयोजनाले स्थानीय बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस आयोजनाको निर्माण करिब १८ करोड ८८ लाख रुपैयाँको लागतमा सुरु भएको थियो। नेपाल सरकारको विकास नीतिको खानेपानी नीति अनुसार यो आयोजनामा ९० प्रतिशत रकम नेपाल सरकारले र १० प्रतिशत रकम उपभोक्ता समूहले व्यहोरेका थिए । जसमध्ये उपभोक्ता समूहको १ प्रतिशत नगद र ९ प्रतिशत जनश्रमदान मार्फत आयोजना सम्पन्न भएको छ ।
डिप बोरिङ अर्थात इनारबाट झन्डै एक किलोमिटर माथि डाँडामा ट्याङ्की निर्माण गरेर त्यहाँबाट घर घरमा खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताएका छन् । उनका अनुसार वडा नम्बर ६ र ७ का स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार गरिएको छ । आयोजना सम्पन्न भएपछि मरिण ६ र ७ का सयौं घरधुरीका स्थानीयवासीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका मरिणवासी घरमै खानेपानीको सुविधा आएपछि खुसीले दङ्ग देखिन्छन् । खानेपानीको सुविधा आएपछि स्थानीय रामशरण घिमिरेले अहिले निकै सहज भएको बताए । यस आयोजनाबाट करिब १२ सय भन्दा बढी घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको र अहिले धारा जडानको काम भइरहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताएका छन् ।
बृहत मरिण खानेपानी योजनाले मरिणखोला नजिकै रहेको डिप बोरिङबाट एक मिलोमिटर माथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको हो । खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले नैतिरिदिने गरि व्यवस्था गरिएको छ ।
१८ करोड भन्दा बढि लागतमा निमार्ण सम्पन्न भएको उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएकपछि गाउँका बासिन्दा लाभान्वित भएको मरिण गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हर्कविर माझीले बताए। वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पु¥याउन सफल भएको उनको भनाइ छ ।
उनका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी सङ्कलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो । अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताएका छन् । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पुर्याउने उद्देश्यले संघीय सरकारको आर्थिक सहयोगमा निमार्ण समपन्न गरेर एकैसाथ चार वटा ट्याङकी बाट खानेपानी वितरण भइरहेको बृहत मरिण खानेपानी सामुदायिक योजनाकी अध्यक्ष रन्जना पुलामीले बताइन् ।
बृहत् खानेपानी योजनाबाट ५ सय घरधुरी लाभान्वित भएका छन भने घरमै धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् ।
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments