राजगढ गाउँपालिकामा उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न
- असार ७, २०८३ मा प्रकाशित
काठमाडौं : सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित वडा नम्बर-३ नर्घोमा उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजगढ गाउँपालिकाको सहजीकरणमा झरना मिडिया हाउस प्रा.लि द्वारा संचालित उक्त कार्यक्रम नर्घोमा रहेको श्री जनता शंकर माध्यामिक विद्यालयको हलमा सम्पन्न भएको हो।
कार्यक्रममा झरना मिडिया हाउस प्रा.लि का संचालक/अध्यक्ष टि एन धमलाको अध्यक्षता तथा राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा बिशेष अतिथिमा राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा रहनु भएको थियो भने,अतिथिहरुमा सोही गाउँपालिकाकी लेखा प्रमुख लिला कुमारी कार्की ,रोजगार संयोजक एवम् नायब सुब्बा दिनेश कुमार यादव , स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत लक्ष्मण मालिन र श्री जनता शंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण यादब रहनुभएको थियो । त्यस्तै उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रममा श्री जनता शंकर माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का झण्डै ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक मदन धमलाले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको संयोजन अग्राधिकार डट कमका सम्पादक बिष्णु आचार्यले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राजगढ गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथि ओम प्रकाश मण्डलले विद्यार्थीहरुले तालिममा सिकेको सीप व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । त्यस्तै यो संसार मिठो र कलात्मक तरिकाले बोल्नेहरूको पक्षमा रहेकोले तालिमले उद्घोषण, भाषण गर्ने तरिका र विद्यार्थीहरूको वाक क्षमता वृद्धि गर्ने कुरामा आफू विश्वस्त रहेको गाउँपालिका अध्यक्ष मण्डले बताउनु भयो ।

तालिमको समापनमा बोल्दै कार्यक्रमका विशेष अतिथि राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा ले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार तयार रहेको बताउनु भयो । उहाँले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रभावकारी सञ्चार सीप विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले झरना मिडिया हाउस सँगको सहकार्यमा सामाजिक कार्यहरु निरन्तर गरिने समेत बताउनु भयो ।
कार्यक्रमका संयोजक तथा अग्राधिकार डट कमका सम्पादक बिष्णु आचार्यले उद्घोषण तथा भाषणकला सार्वजनिक रूपमा आत्मविश्वासका साथ आफ्ना विचार राख्न तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन उपयोगी हुने धारणा व्यक्त गरेका थिए । प्रशिक्षण मार्फत सहभागीहरूको क्षमता विकास भई सामाजिक तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति दिन सक्ने सीप विकास भएको छ ।

त्यस्तै प्रशिक्षण कार्यक्रममा सहभागीहरूले आफ्नो वाक क्षमता वृद्धि हुनका साथै आत्मविश्वास बढेको जनाएका छन् । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । झरना मिडिया हाउस प्रा.लि ले लक्षित वर्ग अन्तर्गत विद्यार्थी सशक्तीकरणका लागि र उनीहरुको वाक क्षमता वृद्धि गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको मिडियाका अध्यक्ष टि एन धमलाले बताएका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार ७, २०८३ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख तथा इन्स्पेक्टर थापा सरुवा,नगर प्रमुख रिसालले गरे बिदाइ
-
असार ७, २०८३राजगढ गाउँपालिकामा उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्
















Comments