अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेस्रो पटक राष्ट्रपति बन्ने चाहाना कति सम्भव ?
- बैशाख २३, २०८३ मा प्रकाशित
काठमाण्डौं – अमेरिकामा संविधान परिमार्जन गरेरै भएपनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्ने दाउमा छन् । तर अमेरिकामा संविधान परिवर्तन गर्न निकै गाह्रो हुन्छ। यसका लागि हाउस र सिनेट दुवैमा दुई-तिहाइ बहुमत चाहिन्छ। अहिले रिपब्लिकन पार्टीसँग त्यति बहुमत छैन। ट्रम्प तेस्रो पटक अमेरिकी राष्ट्रपतिको चुनावमा उत्रने हो भने उनले अमेरिकी संविधानमा परिमार्जन गर्नुपर्नेछ, जुन त्यति सजिलो छैन।
ट्रम्पले यसका लागि अमेरिकी सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स दुवैबाट दुई-तिहाइ बहुमतले विधेयक पारित गराउनुपर्ने हुन्छ। ट्रम्पको रिपब्लिकन पार्टीसँग दुवै सदनमा त्यति सदस्य छैनन्।
सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीसँग १ सय मध्ये ५२ सिनेटर छन्। त्यस्तै, हाउस अफ रिप्रेजेन्टेटिभ्समा ४ सय ३५ मध्ये २ सय २० सदस्य छन्। यो संविधान संशोधनका लागि आवश्यक दुई-तिहाइ अर्थात् ६७ प्रतिशत बहुमतभन्दा निकै कम हो। त्यस्तै अमेरिकी कंग्रेसका दुवै सदनबाट विधेयक पारित भएपछि यस संशोधनका लागि राज्यहरूबाट स्वीकृति लिनुपर्ने हुन्छ। यस्तो परिवर्तन लागू गर्न ५० मध्ये कम्तीमा ३८ राज्यहरूको स्वीकृति पनि आवश्यक हुन्छ।
अहिले धेरै राज्यहरूमा विपक्षी डेमोक्रेटिक पार्टीको सरकार छ, त्यसैले यस्तो प्रस्ताव पारित हुन धेरै गाह्रो मानिन्छ। यद्यपी डोनाल्ड ट्रम्प अझै ८ देखि ९ वर्ष राष्ट्रपति रहने बताउँदै आएका छन् । जबकी ट्रम्पले चाहे अनुसार संविधान संशोधन गर्न त्यति सजिलो छैन। यो पनि थाहा पाउनुहोस् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना ८० वर्षका हुनेछन्।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments