रोयल्टी कलेजको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न (फोटो फिचर)
- चैत्र २९, २०८२ मा प्रकाशित
काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ जोरपाटीमा रहेको रोयल्टी कलेजले आफ्नो १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ । कलेजले हिजो शनिबार जोरपाटी स्थित दिप ज्योति बैंकुटको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
स्कुलका संचालक/अध्यक्ष टुकुमान लामाको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथिमा विभिन्न शैक्षिक संस्थाका प्रतिविधिहरु रहेका थिए ।

कलेजका शैक्षिक संयोजक ध्रुब प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमका सम्पूर्ण अतिथि एवम् विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनु भयो । उहाँले वैज्ञानिक जस्तै आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनका अग्रदूत बन्न विद्यार्थीहरुलाई प्रेरणा दिनुभएको थियो ।
कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्द ठकुरीले मन्तव्य राख्दै विद्यालयको प्रगाति विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक उपलब्धीका वारेमा अभिभावकलाई जानकारी समेत गराउनु भएको थियो । ठकुरीले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चबाट कलेजको बारेमा जानकारी दिई समयको सदुपयोग र आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भयो । रोयल्टी कलेजले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र दक्ष जनशक्ति निर्माण गर्ने ठकुरीको भनाई थियो।

वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष नवराज लामाले मन्तव्य राख्दै विद्यालयको आगामी उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै लामाले रोयल्टी कलेज नेपालकै एउटा छुट्टै कलेजका रुपमा स्थापित भएर विद्यार्थीहरुलाई गुणस्तरिय र प्रयोगात्मक सिपका आधारमा शिक्षा प्रदान गर्दै आएको प्रति खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट हुने सहयोग सधैं रहने बताउनु भयो ।

त्यसैगरी कलेजकी प्रिन्सिपल मिरा श्रेष्ठले कलेजको ‘टिम वर्क मेक्स ड्रीम वर्क’ भन्ने धारणा र ”कम्पिटिसन विथ आवर सेल्फ” भन्ने मूल्यमान्यतामा आधारित भई नेतृत्व-संस्कृतिबारे उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन रोयल्टी कलेज सधैं लागिपरेको उल्लेख गर्नुभयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य आदि प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो ।
औपचारिक सत्र र सांस्कृतिक कार्यक्रमको संचालन भने झरना खबरका अध्यक्ष एवम् कलेजका शिक्षक टि एन धमला सहित स्कुलकी शिक्षिका श्रृङ्खला चन्द ठकुरीले संयुक्त रुपमा गरेका थिए । त्यसैगरि कार्यक्रमको प्राविधिक सहयोग भने विद्यालयका कर्मचारीहरुले गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला र सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा लगभग ४ सय अभिभावकको उपस्थिति रहेको थियो ।

रोयल्टी कलेजले विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान समेत गर्दै आएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस कलेज/ स्कुलले अनुभवी प्राध्यापक, आधुनिक शिक्षण विधि र आवश्यक पूर्वाधारसहित अध्यापन गराउँदै आएको छ । स्कुल प्रशासनका अनुसार विद्यार्थीहरुमा विभिन्न रोजगारमुखी र अनुसन्धानमा आधारित क्षमताको समेत वृद्धि हुने गरेको छ ।
कार्यक्रममा स्कुल तथा कलेजका शिक्षक एवम् विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले झनै रौनकता थपेको थियो । साँस्कृतिक, शैक्षिक र जानकारीमूलक आयामलाई समेट्दै सम्पन्न कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ विद्यार्थीहरूलाई विदाई समेत गरिएको थियो । विद्यार्थीहरुमा सकारात्मक र प्रेरणादायी शैक्षिक यात्राको थालनी गराएको कलेज प्रशासनको भनाइ रहेको छ । साथै, सांगीतिक प्रस्तुति, नृत्य जस्ता विविध कार्यक्रमले उपस्थित अभिभावक तथा विद्यार्थीहरूमा नयाँ जोश थपेको थियो।

पछिल्लो समय रोयल्टी कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले अभिभावकहरुको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप जीवनोपयोगी सीपहरूमा स्कुलले जोड दिएकै कारण पनि अभिभावक र विद्यार्थीको रोजाइमा रोयल्टी कलेज तथा स्कुल पर्दै आएको छ ।
त्यस्तै रोयल्टी कलेजले कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमताको प्रस्फुटनमा जोड दिदै आएको छ । कुशल व्यवस्थापनको नीति अनुसार संचालित यो स्कुल तथा कलेज ख्यातिप्राप्त बनेको छ ।


















Comments
[gs-fb-comments]