गुल्मी-२ मा पुरानो इतिहास दोहोर्याउने कि,नयाँ अध्याय लेख्ने निर्णय गर्न ११ दिन बाँकी-पन्थीको लोकप्रियता बढ्दो
- फाल्गुन ९, २०८२ मा प्रकाशित
गुल्मी : आदरणीय पाठक वर्ग एवम् मतदाता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर-२ का रास्वपाका उम्मेदवार गोविन्द पन्थी नेपाल प्रहरीमा रहदा चर्चित मुद्दाहरु भिजिट भिसाको आबरणमा हुने मानव तस्करी र नक्कली भुटानी शरणार्थी मुद्दाको अनुसन्धानमा उल्लेखनीय काम गरेका अबकास प्राप्त पूर्व सुरक्षा अधिकारी हुन्।
उनले प्रहरी सेवामा हुँदा मानव तस्करी र नक्कली भुटानी शरणार्थी मुद्दाको अनुसन्धानमा प्रभावकारी अनुसन्धान गरेको भन्दै विभिन्न अन्तराष्ट्रिय संस्थाबाट अवार्ड समेत प्राप्त गरेका थिए । त्यस्तै पन्थीले अबकास पश्चात् अधिबक्ताको रुपमा निशहायलाई निशुल्क कानुनी सेवा दिदै आएका थिए । त्यसो त नेपाल प्रहरीमा रहँदा मानव बेचबिखन-अपराध अनुसन्धानमा काम गरेका उनै पूर्व सुरक्षा अधिकारी पन्थी गुल्मी क्षेत्र नम्बर-२ बाट रास्वपाको तर्फबाट चुनावी मैदानमा रहेका छन् ।
गुल्मी-२ नेपालको गुल्मी जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। वि सं. २०७४ भदौ १५ गते निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो। गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ मा मदाने गाउँपालिका , मालिका गाउँपालिका , धुर्कोट गाउँपालिका , इस्मा गाउँपालिका , मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाको १ र ६ नम्बर वडाहरू पर्दछन्।
गुल्मी नेपाली राजनीतिक इतिहासमा छुट्टै पहिचान बोकेको जिल्ला हो। विचारधारा, नेतृत्व र संगठनात्मक बलका हिसाबले यहाँ स्थापित दलहरूले लामो समयदेखि आफ्नो प्रभाव कायम राख्दै आएका छन्। तर फागुन २१ गते हुने निर्वाचनले गुल्मी-२ लाई फेरि एकपटक ”परम्परागत विरासत जोगाउने कि,पुराना किल्ला ढाल्ने” भन्ने धारमा उभ्याइदिएको छ।
गुल्मी-२ मा चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन,यो पुस्तान्तरणको परीक्षा पनि हुने छ । दशकौँदेखि मतदाताको भरोसा पाएका पुराना अनुहारहरू फेरि मैदानमा छन्, तर उनीहरूसँगै उदीयमान युवा नेतृत्व, स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीतिक धार पनि बलियो रूपमा प्रस्तुत भइरहेको छ। यसले गुल्मी-२ को चुनावी प्रक्रियालाई थप रोचक बनाएको छ।
यतिबेला नयाँ शक्ति र युवा उम्मेदवारहरू परिवर्तनको एजेन्डा बोकेर जनतामाझ पुगेका छन्। सुशासन, पारदर्शिता, रोजगारी र स्थानीय विकास उनीहरूको मुख्य मुद्दा बनेका छन्। सामाजिक सञ्जाल, प्रत्यक्ष संवाद र फरक शैलीको प्रचारले विशेषगरी युवा मतदातालाई आकर्षित गरिरहेको छ। त्यही आकर्षणमा रास्वपाबाट गोविन्द पन्थी परेका छन् । पन्थीले विदेशमा अलपत्र परेका धेरै युवा युवतिको उद्दार समेत गरेका छन् । समाजसेवामा समर्पित रहँदै आएका पन्थी पछिल्लो दिनमा उनी गुल्मेली जनताको मन भित्र एक कानुनका बिज्ञ र प्रशासन बुझेका निर्भिक आशा लाग्दो उम्मेदवारको रुपमा चिनिन थालेका छन्।
गुल्मी-२ का मतदाता यसपटक केवल पार्टी हेरेर होइन, क्षमता, इमानदारी र दृष्टिकोण तौलिन चाहन्छन। यही कारण यो निर्वाचन पूर्वानुमानभन्दा बाहिर जान सक्ने सम्भावना बलियो देखिन्छ। पुराना दलहरूले आत्मसमीक्षा नगर्दा उनीहरूको किल्ला भत्किन सक्ने सम्भावना बढ्दै गएको छ । यदि गुल्मी क्षेत्र नम्बर-२ का जनताले पुरानै शक्तिलाई रोज्ने र नयाँ शक्तिको भरोसा नगर्ने हो भने परिवर्तनको चाहना फेरि अधुरै रहने पक्का छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेता गोविन्द पन्थीले गुल्मी क्षेत्र नम्बर-२ का उम्मेदवार आफु निर्वाचित भए जन अपेक्षा अनुसार पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पन्थीको चुनावी मार्गचित्रसँगै गुल्मी-२ मा चुनावी माहोल थप तातेको छ । वास्तवमा गोविन्द पन्थी कुनै परम्परागत राजनीतिक दलको पृष्ठभूमिबाट उदाएका उम्मेदवार होइनन्। उनी व्यवस्था भित्रै रहेर व्यवस्था विरुद्ध प्रश्न उठाएका पात्रका रूपमा चिनिन्छन्।
यतिबेला पन्थी परम्परागत दलका उम्मेदवारका लागि असहज बनेका छन् भने परिवर्तन खोज्ने वर्गका लागि वैकल्पिक आशाका रुपमा उभिएका छन् । उनीसँग संगठनको पुरानो जालो छैन, तर व्यक्तिगत छवि र मुद्दाको बल प्रबल छ। यही कारण उनको उपस्थितिले गुल्मी-२ को चुनावी समीकरणमा हलचल ल्याउने अनुमान गरिएको छ।
अन्ततः फागुन २१ गते हुने गुल्मी-२ को चुनावले आम जनतामा एक सन्देश दिनेछ । राजनीति विरासतमा मात्र नचल्ने र चुनाव नाराले मात्र नजितिने पक्का छ । अब गुल्मी-२ मा जनताको अपेक्षा बुझ्ने, जवाफदेही बन्ने र परिणाम देखाउने नेतृत्वलाई नै मतदाताले विजयी गराउनेछन्। गुल्मी २ ले अब इतिहास दोहोर्याउने कि नयाँ अध्याय लेख्ने भन्ने निर्णय गर्न मात्र ११ दिन बाँकी रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]