अपराध नियन्त्रणमा अब्बल पन्थी गुल्मी-२ बाट निर्वाचित हुने आधार
- फाल्गुन ९, २०८२ मा प्रकाशित
गुल्मी- यतिबेला प्रतिनिधि सभाका लागि हुन लागेको फागुन २१ गतेको चुनावी दृष्टिले गुल्मी क्षेत्र नम्बर-२ फेरि एकपटक राष्ट्रिय चासोको केन्द्रमा पुगेको छ। नयाँ राजनीतिक शक्तिको उदय र पुराना स्थापित दलका प्रभावशाली उम्मेदवारबीचको प्रतिस्पर्धाले यसपटकको चुनावलाई विशेष बनाएको हो। उसो त रास्वपाका उम्मेदार गोविन्द पन्थी पुराना दलबाट हेभीवेट मानिएका उम्मेदवारहरूसँगको प्रत्यक्ष टक्करमा देखिएकाले पनि होला यहाँको निर्वाचन केवल स्थानीय सीमामा सीमित नभई राष्ट्रिय सन्देश दिने खालको बन्ने सम्भावना बढेको छ।
नयाँ दलका उम्मेदवारका लागि यो अवसर मात्र होइन, कठोर परीक्षा पनि हो। विगतका चुनावमा स्थापित संरचना, संगठन र मतदातासँगको दीर्घ सम्बन्धका कारण पुराना दल बलिया देखिन्छन्। तर बदलिँदो राजनीतिक चेतना, युवापुस्ताको आकर्षण, र वैकल्पिक शक्तिप्रतिको भरोसाले नयाँ दललाई प्रतिस्पर्धामा उभिने आधार दिएको छ। प्रश्न अब नाराको होइन-विश्वासको बनेको छ।
हेभीवेट उम्मेदवारहरूको भिडन्तमा प्रायः निर्वाचन जितेर व्यक्ति केन्द्रमा पुग्छ तर जनताका मुद्दा ओझेलमा पर्छन। यही जोखिमबाट यसपटक गुल्मी क्षेत्र नम्बर-२ लाई जोगाउन जरुरी छ। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका ठोस योजना बिना चुनावी प्रतिस्पर्धा केवल शक्ति प्रदर्शनमा सीमित हुन्छ। मतदाताले पनि भीड र प्रभावभन्दा कार्यक्रम र कार्यक्षमता हेर्ने बानी बसाल्नुपर्छ।
वास्तवमा नयाँ दलहरूको आगमन र वैकल्पिक राजनीतिक शक्तिको सक्रियतासँगै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन गुल्मी क्षेत्र नम्बर-२ थप प्रतिस्पर्धी र चासोको विषय बन्ने देखिन्छ।
जिल्लामा रहेका दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर-२ लाई अलिक रोचक र चासोका साथ हेरिनुको एउटै कारण हो गोविन्द पन्थी निर्वानमा सहभागी हुनु र रास्वपाका थर्फबाट उम्मेदार बन्नु । खासमा पन्थीले चुनावी दौड औपचारिक रूपमा सुरु गरिसेका छन्। प्रारम्भिक चित्र हेर्दा पुराना अनुभवी नेता र नयाँ उदाउँदा अनुहारबीच सीधा प्रतिस्पर्धा हुने देखिन्छ। यो अवस्था मतदाताका लागि अवसर पनि हुनेछ । पुरानाको कार्यसम्पादन मूल्याङ्कन गर्ने र नयाँको क्षमता परीक्षण गर्ने बेला फागुन २१ नै बनेको छ ।
स्थापित नेतासँग अनुभव, संगठन र प्रभावको घमन्डी बल हुन्छ। तर लामो समय सत्ताको वरिपरि रहँदा देखिएका कमजोरी र अपूर्ण प्रतिबद्धताले प्रश्न पनि जन्माएका हुन्छन्। नयाँ उम्मेदवारसँग ऊर्जा, नयाँ एजेन्डा र परिवर्तनको भाष्य हुन्छ, तर व्यवहारिक कार्यान्वयनको परीक्षण बाँकी नै हुन्छ। यहीँबाट निर्वाचन रोचक मात्र होइन, अर्थपूर्ण पनि बन्छ।
चुनावी माहोल तात्दै जाँदा प्रतिस्पर्धा मुद्दा केन्द्रित हुनु जरुरी छ। व्यक्तिगत आक्षेप, जातीय वा क्षेत्रीय भावनालाई उचाल्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार र सुशासनजस्ता विषयमा स्पष्ट योजना प्रस्तुत गर्ने उम्मेदवार नै मतदाताको रोजाइमा पर्नुपर्छ।
नयाँ शक्तिले परिवर्तनको एजेन्डा अघि सारे पनि त्यसको कार्यान्वयन क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ। उत्साह र समर्थनलाई संगठन, नीति र परिणाममा रूपान्तरण गर्न नसके निराशा छिट्टै पैदा हुन्छ। अर्कोतर्फ पुराना दलले विगतका कमजोरी सच्याएर विश्वसनीयता पुनःस्थापित गर्ने अवसरका रूपमा यो चुनावलाई लिनुपर्छ।
गुल्मीको यो टक्करावले एउटा स्पष्ट सन्देश दिन सक्छ कि मतदाता अब स्वतःस्फूर्त होइन, सचेत बन्दै गएका छन्। उनीहरू विकल्प खोज्न र परीक्षण गर्न पनि तयार छन् । अन्ततः जित कसैको भए पनि लोकतान्त्रिक संस्कार, शान्तिपूर्ण प्रतिस्पर्धा, र मुद्दामा आधारित बहस नै वास्तविक विजय हुनेछ।
गुल्मी क्षेत्र नम्बर-२ मा पन्थीको उपस्थिति उल्लेखनीय बन्दै गएको छ । पन्थी नेपाल प्रहरीका पूर्व सुरक्षा अधिकारी हुन्। प्रहरी सेवामा रहँदा उनले विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै शान्ति–सुरक्षा व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी र अपराध नियन्त्रणसम्बन्धी क्षेत्रमा गहिरो अनुभव हासिल गरेका छन् । त्यसो त उनै पूर्व सुरक्षा अधिकारी पन्थीलाई गुल्मी क्षेत्र नम्बर-२ का जनताले यस पटक वास्तविक विजय गराउन लागि रहेका छन् । प्रहरी पृष्ठभूमिले उनलाई संगठनात्मक अनुभव, अनुशासन र प्रशासनिक दक्षता दिएको कारण पनि उनले निर्वाचन जित्ने समर्थकहरूको विस्वास रहेको छ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments