चामुण्डा इन्स्टिच्युटद्वारा आयोजित गणित विषयको एसईई बुस्टअप परीक्षा सम्पन्न
- फाल्गुन ३, २०८२ मा प्रकाशित
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ नारायणटारमा संचालित एडभान्स चामुण्डा इन्स्टिच्युटले आयोजना गरेको बुस्ट अप गणित परीक्षाको १८ औं श्रृङखला प्रतियोगिता सम्पन्न भएको भएको छ।
गोकर्णेश्वरमा आफ्नो छुट्टै पहिचान सहित स्थापित एडभान्स चामुण्डा इन्ष्टिच्युटले गरेको अनिवार्य गणित विषयको एसईई बुस्टअप परीक्षाको १८ औं श्रृङखलामा करिब ५ हजार विद्यार्थी प्रत्यक्ष रुपमा सहभागी भएको संस्थाका प्रबन्ध निर्देशक एवम् आयोजक दीपक रायमाझीले जानकारी दिएका छन् । उनका अनुसार करिब ५ हजार विद्यार्थीले एक सय भन्दा बढि परीक्षा केन्द्रबाट उक्त प्रतियोगितामा सहभागीता जनाएका छन्। उक्त एसईई बुस्टअप प्रतियोगितामा सहभागी विद्यार्थीहरुको नतिजा भने फागुन १७ गते प्रकाशन गरिने रायमाझीले जानकारी दिए ।
गणित विषयको एसईई बुस्टअप प्रतियोगिता हिजो फागुन २ गते शनिबार काठमाण्डौ सहितका विभिन्न जिल्लामा एकैसाथ सम्पन्न भएको हो । परीक्षा काठमाण्डौमा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भएको थियो भने पोखरामा बिहान ११ बजेदेखि २ बजेसम्म भएको थियो। प्रतियोगितामा झण्डै १ सय ५० भन्दा बढी सामुदायिक र निजी विद्यालयमा १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विशेष सम्मानका साथै पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। साथै उत्कृष्ठ हुने विद्यार्थीहरुलाई उपत्यकाका विभिन्न कलेजहरुमा उच्च शिक्षामा शैक्षिक छात्रावृत्तिको समेत व्यवस्था मिलाउने आयोजकले बताएको छ । पछिल्लो समय एडभान्स चामुण्डा इन्स्टिच्युटले बैकल्पीक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै इन्स्टिच्युटले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments