•  ९ माघ २०८२, शुक्रबार

बालेन झापामा झनै शक्तिशाली बन्दै (भिडियो सहित)

- माघ ८, २०८२ मा प्रकाशित


झापा : यतिबेला यो देशमा सबैभन्दा बढी लोकप्रिय, सबैभन्दा बढी चर्चित, र सबैभन्दा बढी आशा गरिएका कोही नेता छन् भने, निसन्देह तिनी बालेन हुन् । तिनै बालेन मधेशमा विशाल जनलहरको सभा सम्बोधन गरेर झापा पुगेकाछन् । चुनावले छपक्कै छोपेपछि झापामा आजकल रमाइलो छ । केपी ओलीको किल्लामा पुगेर बालेन, जितको शङ्खघोष गर्दै चुनावमा होमिएका छन्, उता नेकपा एमाले अध्यक्ष समेत रहेका केपी ओलीलाई भने आफ्नो विरासत जोगाउन हम्मेहम्मे परिरहेको छ ।

त्यसोत युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ लागेपछि ओलीलाई झनै तनाव थपिदिएको छ । झापा-५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहलाई झापामा युवाहरुले साथ दिन थालेका छन् ।

बुधबार बिहान नेकपा एमालेनिकट युवा संघ दमक नगरका अध्यक्ष छबि खतिवडा रास्वपा पक्षमा खुलेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् परिवर्तनको पक्षमा लागेको र बालेनको चुनावी अभियानमा सक्रिय हुने बताएका छन।

बालेनको फोटो राखेर छविले फेसबुकमा लेखेका छन्, म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा एमाले को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा-५ का बलिया उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको बताएका छन्

काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्न पुगेका बालेनले बुधबार बिहानैदेखि मतदाता भेट्न थालेका छन् ।

बालेन उप सभामुख समेत रहेकी रास्वपा नेत्री इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै उत्साहित भएका छन् । बालेनले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन् । बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बताइएको छ । बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा-२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन् । यस कदमलाई आगामी निर्वाचनमा रास्वपाभित्रको सहकार्य र साझा उद्देश्यतर्फको संकेतका रूपमा हेरिएको छ ।

उता रास्वपाका उम्मेदवार गणेश कार्की र बालेनबीच पनि भेटवार्ता भएको छ । झापा क्षेत्र नम्बर-५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ क्षेत्र नम्बर-३ का उम्मेदवार गणेश कार्कीबीच भेटवार्ता भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका दुई नेताहरूबीच दमकमा भेटवार्ता भएको हो । चुनावी अभियान र अबको रणनीतिको विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा १५ महिलासहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएकामा दुई स्वातन्त्रसहित १५ जना महिला रहेका छन् ।

त्यस्तै केहिदिन देखि विभिन्न मिडियामा बालेनको बिजोग खल्ती रित्तो, निर्वाचन दस्तुर तिर्न प्रहरीसँग सापट माग्नुपरो जस्ता विषयहरु आइरहेका छन् । जुन विषय फरक रहेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मंगलबार एउटा यस्तो दृश्य देखियो, जसले पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन पुगेका रास्वपा उम्मेदवार बालेन शाहका समर्थकले ओलीको धज्जी उडाएका छन् । काठमाडौँ महानगरको बागडोर सम्हालेका र देशकै भावी प्रधानमन्त्रीको दाबी गर्ने बालेन शाह मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा उनका समर्थकले माहोल निकै गरम बनायो ।

हजारौँको जुलुस र पञ्चेबाजासहित तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहको व्यवस्थापन निकै राम्रो थियो । उम्मेदवारी दर्ताका लागि सबै प्रक्रिया पुरा गरेर निर्वाचन कार्यालय पुग्दा बालेन दाइ हाइ हाइ जस्ता नारा लागे उता ओलीको मनोनयन दर्तामा भने सन्नाटा छायो । हजारौंको संख्यामा शक्ति प्रदर्शन गरेका बालेनको भित्री तयारी निकै रोचक रहेको छ भने केपी ओलीलाई पछार्न हिँडेका बालेनको झापा यात्रा सुखद हुने देखिन्छ ।

गत भदौ २३ र २४ को आन्दोलनले सत्ता उल्टिएपछि अपदस्त भएका प्रधानमन्त्री केपी शर्मा ओली र सोही दुई दिनको जेनजी विद्रोहका शालीन सारथी बालेन्द्र शाहबीच ओली किल्ला झापामा चुनावी लडाई घमासान हुने कुरा पक्का छ । बालेनका पक्षधर भनिरहेका छन्, यसपाली झापाबाटै देशले प्रधानमन्त्री पाउनेछ, तर प्रधानमन्त्री अघिल्लो पटकको झापाली हुने छैनन् । बरु, झापाका जनताले दिएको जनमतले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बसाउनेछ ।

यता ओलीका समर्थकहरु पनि भनिरहेका छन्, यो ठाउँमा जो आए पनि ओलीले जित्छन् । तीनै समर्थकको बोलीलाई बल पुग्नेगरी ओली झापा पुगेरै भनिरहेका छन्, चुनाव जित्न मलाई गाह्रो छैन, बाहिरका मान्छे हिजो पनि लडेकै हुन्, आज पनि लड्छन्, बरु डेरा खोजिदिउँला । ओलीले भने जस्तै सहज भने यसपाली झापामा छैन । मधेशमा देखिएको जनलहरले यसको प्रष्ट संकेत गरिसकेको छ ।

देशभरका नागरिक झापामा बालेन भर्सेस ओलीको महाभिडन्त हेर्न तमतयार भएर बसेका छन् । नेता कार्यकर्ताको ध्यान त्यता गइसकेको छ । अझ पछिल्ला दिनहरुमा बालेनका पक्षमा जे जे सुनिएका छन् झापातिर, जे जे देखिंदैछ त्यसले झापाको चुनावी सरगर्मी पहिलाजस्तै ठ्याक्कै ओलीको सूर्यछापमा मात्र पर्ने देखिंदैन ।

बालेन झापामा यसर्थ पनि शक्तिशाली बन्दैछन् उनी शक्तिशाली बन्नुमा उनको क्रेज, इमेज र काठमाडौँ महानगरमा उनले गरेको योगदान प्रष्ट देखिन्छ । बालेनको क्रेज यतिसम्म छ कि बालेनलाई एक पटक हेर्न नागरिकको विशाल समूह सभामा उर्लिएको छ । उनी यतिसम्म लोकप्रिय छन् कि, उनले बोलेको एक शब्दले देश हल्लाईरहेको छ । उनको एक बाणीले जनताको मन छोएको छ, उनलाई एक पल हेर्न जनता लालायित छन् ।

उता एमाले कांग्रेस, नेकपा, राप्रपा सबै दलका युवाहरु बालेनको समर्थक बनेका छन् । कुनै बेला एमाले भएकाहरु अहिले बालेनमा आशा देखिरहेका छन् । काँग्रेस छाडेकाहरु बालेनको समर्थनमा देखिएका छन् । जनयुद्धबाट आएको माओवादी नेकपा बनिरहँदा अव समय फेरिएको छ, र सो समयको नेतृत्व बालेनले मात्र गर्न सक्छन् भन्ने निष्कर्षमा माओवादी छोडेकाहरु पुगिसेकेका छन् । पहाडमा बालेनलाई सुन्नेहरुको लर्को बढेको छ । मधेशमा भने अवाकी बार, बालेन सरकार भन्ने आवाज चर्को बनेको छ ।

काठमाडौंको मेयर छोडेपछि मधेश पुगेका बालेन शाहको क्रेज देख्दा अबका प्रधानमन्त्री उनै हुन भन्ने देखियो । उनको क्रेज यतिसम्म देखियो कि उनलाई एक पटक हेर्न भनेर स्थानीय नागरिक आफ्नो सबै काम छाडेर गए । अझ मधेशको माटो बुझेका बालेनले मधेशमै बोलिने स्थानीय मैथिली भाषा बोलेर जनताको मनमा पस्ने प्रयास गरे । बालेनले मैथिली भाषामै भाषण दिएपछि मधेशीहरु थप फ्यान भएका छन् ।

झापामै चुनाव लडेपनि अवको प्रधानमन्त्री मधेशले पाउने निष्कर्ष बनाएर उनीहरु बालेनको समर्थन गरिरहेका छन् । यसले झापामा बालेनलाई थप बलियो बनाएको छ । उता झापामा बालेनको क्रेज यतिसम्म देखिएको छ कि बालेनलाई चुनावमा प्रचारप्रसारमा सहयोग गर्ने भनेर स्थानीयहरुले जागिरबाट बिदा समेत मागिरहेका छन् । बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र र अन्य कार्यालयमा काम गर्नेहरु बालेनकै लागि बिदा मागिरहेका छन् । सायद राजनीतिमा देखिएको यो अभूतपूर्व क्रेज नेपालमा धेरैपछि देखिएको हो । अझ पछिल्लो पुस्ताका नौजवानहरुमा सायद पहिलोपटक यस्तो देखिएको छ ।

बालेन शाहको झापामा क्रेज कतिसम्म देखिएको छ भने बालेन शाहलाई झापाका अटो चालकहरुले अचम्मको माया देखाएका छन् । यतिसम्मकि कतिपय अटो चालकहरुले त आफ्नो अटोमा बालेनको प्रचारप्रसारका लागि खटिनेहरुलाई १० दिनसम्म निशुल्क सेवासमेत दिने भएका छन् । घरमा जहान छोराछोरी पाल्न अटो चलाएर मजदुरी गरिरहेका उनीहरु बालेन प्रधानमन्त्री भए अव छोराछोरीहरुलाई विदेश पठाउनुपर्दैन भन्ने आशा देखिरहेका छन् । कतिपयले आफ्नो अटोमा, पसलमा र आफ्नो कार्यालयहरुमा बालेनको फोटो र घन्टीको झण्डा राखेका छन् । यस्तो लाग्छ झापामा बालेन भन्दा अरु कोहि छैन ।

बालेन चुनावी मैदानमा उत्रिएपछि चुनावप्रतिको युवाको चासो ह्वात्तै बढेर गएको छ । यसअघि राजनीतिमा खासै चासो नराख्नेहरु पनि बालेन शाह नै चुनावमा उठेपछि चुनावमा चासो राख्न थालेका छन् । । अरु बेला झापामा पार्टीका कार्यकर्ताले चन्दा मागेर हैरान भएका व्यवसायीहरु बालेनको पक्षमा लागेको देखिएको छ । विद्यार्थी, शिक्षक, बुद्धिजीवी, सबै बालेन, बालेन भनिरहेका छन् । जहाँ बालेन जान्छन्, त्यहाँ ठुलो भीड लाग्ने गरेको छ ।

स्थानीय युवाहरुले गरेको एक सर्वेक्षणले झापा–५ मा रास्वपाका बरिष्ट नेता बालेन शाहले भारी मतान्तरले जित्ने दाबी गरेको छ । विदेशमा रहेका युवाहरुले पनि यसपाली बालेनकै जित हुने तथ्यांकहरुको जोड निकालिरहेका छन् । आखिर जनताको मनमा बसेपछि त्यो मतबाट भावना उजागर हुन्छ र उम्मेदवारले जित्छ । बालेनको पक्षमा जे जस्तो माहोल देखिएको छ, त्यसले यसपाली झापा ५ मा बालेनका समर्थकहरुले सूर्य उदाउनु अघि नै घन्टी बज्ने सम्भावना देखिरहेका छन् ।

बालेनको चुनाव तयारी फरक र आक्रामक देखिन्छ । टोल टोल, गल्लीगल्लीका एक एक भोटको गन्ती गरेर हिसाब भईरहेको छ । एउटा जुझारु टीम बनाएर प्रचार प्रसारको काम भईरहेको छ । युवाहरु पनि बालेनका कार्यकर्ता बनेर स्वस्फुर्त रुपमा बालेनको पक्षमा माहोल बनाईरहेका छन् । यसले पनि बालेनलाई थप शक्तिशाली बनाएको छ ।

उता केपी ओली पनि झापा पुगेका छन् । स्थानहद फुकुवा भएपछि झापा झरेका उनलाई स्वागत गर्नेहरुको लर्को एयरपोर्टमा यसपटक देखिएको छैन । ठुला सभा गर्ने आँट नै ओलीमा देखिएन । मान्छेहरु आउँदैनन् भन्ने ओलीलाई लागेरै होला झापा पुगेर पनि खास ठुलो सभा गरेका छैनन् ।

यसो त चुनाव र युद्धमा प्रतिद्वन्दीलाई कमजोर देख्नु हुँदैन, बालेनको टीमले पनि देखेको छैन । बर्षौंदेखि केपी ओलीले ठुलो बजेट खन्याएको ठाउँमा बालेनका लागि भोट माग्न कम्ती चुनौतीपूर्ण भने छैन । त्यसमाथि नेकपाबाट रंजित तामाङ्गले पनि राजनीतिमा भिजेका तत्कालीन माओवादीदेखि समाजवादी कम्युनिष्ट युवाहरुको भोट लैजाने पक्का छ । अर्को थ्रेट फ्याक्टरका रुपमा लिईएका हर्क सांम्पाङले पूर्वमा सार्है राम्रो माहोल बनाएको सत्यतालाई नकार्न सकिन्न । हर्क र बालेन मिल्ने स्थिति नआउनुको परिणामले पनि बालेनलाई केहि घाटा हुन्छ कि भन्ने आकलन स्थानीयले गरेका छन् ।

झापाका जनताले फेरी केपी ओलीलाई नै अर्को प्रधानमन्त्री बनाउँछन् वा बालेनलाई प्रधानमन्त्री हुनेगरी पठाउँछन्, त्यो हेर्न बाँकी नै छ । तर झापामा देखिएको बालेन क्रेजले युवा शक्तिको भावना जितिसक्यो, अव मतमा के हुन्छ, त्यो फागुन २१ गते पछि नै थाहा होला । पूराना नेताहरुले आफ्नो गडमा बजेटको बाढी उर्लाएर जनमत सुरक्षित गरिरहेका नै हुन्छन् । ओलीलाई कम ठान्न भने सकिन्न । तर नतिजा फेरी पनि यसपाली ओलीले सोचे अनुसारको आउनेछ भन्ने संकेतहरु देखीएका छैनन् । तर यति चाहिं जरुर भन्न सकिन्छ, यसपटक सके बिजयको उद्घोष नभए पनि सम्मानजनक ध्वनिले झापामा युवाहरुको सपनाको सारथीको जित पक्कै हुनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर