काठमाडौं पानी उद्योग संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई जार तथा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण
- आश्विन २८, २०८२ मा प्रकाशित
जोरपाटी- काठमाडौं जिल्ला भरका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन काठमाडौं पानी उद्योग संघले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई पानीका जार तथा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको छ ।

पानी संघले मंगलबार २५ ओटा जार र ४ ओटा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको हो । संघले केहि दिनपछि जिल्ला प्रशासन कार्यालयलाई थप जार तथा डिस्पेंसर हस्तान्तरण गर्ने संघका अध्यक्ष समेत रहेका गोकुल थापाले बताएका छन् ।
नेपाल पानी उद्योग महासंघका अध्यक्ष बिक्रम लिम्बु चेमजोङ सहित काठमाडौं पानी उद्योग संघका प्रतिनिधिहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलको प्रतिनिधि मण्डल समक्ष जार तथा इलेक्ट्रिक डिस्पेंसर हस्तान्तरण गरेको हो ।

त्यस्तै संघका अध्यक्ष थापाले जिल्ला प्रशासन कार्यालयलाई नियमित रुपमा जार तथा बोतलका शुद्ध प्रसोधित पिउने पानी समेत उपलब्ध गराउने व्यस्था गरेको बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा अराजक समूहले जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेपछि कार्यालय पूर्ण रुपमा क्षति भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सेवा प्रवाह भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै रहेको भवनबाट सञ्चालन गर्न थालेको छ ।
पानी संघले जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक रुपमा कार्यालय सामग्री समेत हस्तान्तरण गदैै जाने बताएको छ ।

ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments