गोकर्णेश्वरमा कहाँ भयो भ्रष्टाचार ? अभियान्ता माथि उठ्यो प्रश्न
- भाद्र २, २०८२ मा प्रकाशित
सत्य मञ्च- काठमाडौं – नेपालमा भ्रष्टाचारबारे चर्चा गर्दा आम मानिसहरूमा आर्थिक भ्रष्टाचारलाई मात्र जोडेर हेर्ने प्रचलन रहेको पाइन्छ र उनीहरूमा यसका अन्य पक्षहरू जस्तै, नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे चेतनाको विकास कमै मात्र भएको देखिन्छ। हाल आएर समाजको एउटा चेतनशील वर्गले भने नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे पनि सर्वसाधारणलाई जागरूक गराउन थालेको पाइन्छ। नेपालमा भ्रष्टाचार व्यापक छ र सरकारदेखि न्यायपालिका, प्रहरी, स्वास्थ्य सेवा र शिक्षासम्मका सबै क्षेत्रमा फैलिएको छ। नेपालमा भ्रष्टाचार बढीजसो आर्थिक पक्षमा नै केन्द्रित रहेको पाइन्छ।
यता काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र आर्थिक अनियमितता बढेको भन्दै विभिन्न समयमा आवाजहरु उठ्ने गरेका छन् । पछिल्लो समय गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र बेथिति एवं भ्रष्टाचारविरुद्ध अभियान चलाइएको छ । तर नगरपालिका भित्र भ्रष्टाचार भएको भनिए पनि कुन क्षेत्रमा कस्तो प्रकृतिको भ्रष्टाचार भएको हो,भन्ने वास्तविक तथ्य र प्रमाण बाहिर नआउँदा भ्रष्टाचारविरुद्ध अभियान चलाउने अभियान्ताको नैतिकता माथि नै प्रश्न उठ्न थालेको छ ।
कुनै पनि सार्वजनिक सरोकारका विषयमा भ्रष्टाचार गर्नु कानुनी अपराध मानिन्छ । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र भ्रष्टाचार भएको यथार्थता कानुन अनुसार बाहिर ल्याउन जरुरी पनि हुन्छ । तर कुन क्षेत्रमा कस्तो प्रकृतिको भ्रष्टाचार भएको हो भन्ने थाहा नहुँदा भ्रष्टाचार विरुद्धका अभियान तथ्यपरक नभएको पुष्टि हुन्छ ।
अभियानकर्मीद्वारा नगरपालिकाका केही कर्मचारीले आफन्तलाई कार्यालय सहयोगीमा भर्ना गरी घरमै राखेर तलब दिने गरेको आरोप समेत लगाएका थिए । उक्त आरोप पुष्टि हुन सकेको छैन । नगरपालिकाले गरेका गतिविधिहरु संविधान र कानुन विपरीत भएको भन्दै चर्को आलोचना समेत भएको थियो । तर कुनै पनि विषयको आधार प्रमाणित नहुँदा त्यस्ता विषयहरु एकाएक गलत सावित हुँदै गएको नगर प्रमुख दिपक कुमार रिसालले बताएका छन् ।
नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (ज) मा भ्र्रष्टाचार भन्नाले ‘भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय हुने कसुर सम्झनुपर्छ’ भनिएको छ । सार्वजनिक र सरकारी निकायमा रहेका मानिसले कानुनले तोकेको कार्य नगर्ने, गैरकानुनी तरिकाले घुस वा आर्थिक लाभ लिने, नीतिगत व्यवस्था गरी व्यक्तिगत लाभ लिने वा नीतिको अपव्याख्या गरी आफूलाई लाभ पुग्ने कार्य गर्ने, अख्तियारको दुरुपयोग गर्नेजस्ता कार्यलाई सामान्यतः भ्रष्टाचार भनिन्छ । सुशासन कमजोर भएका पालीकामा भ्रष्टाचार बढी हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।
गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रमा सुशासन कायम गर्नका लागि भन्दै सुशासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि,२०८० समेत जारी गरेको छ । जसमा नगरपालिका सुशासनमा कमजोर नभएको मेयर रिसाल बताउँछन् । गोकर्णेश्वर नगरपालिकाले न्यायमा सबैको समान पहुँचको अवसर भन्ने मूल मन्त्रका साथ निष्पक्ष रुपमा न्यायिक कार्य सम्पादन र निरुपण गर्ने कार्यलाई समेत निरन्तरता दिँदै आइरहेको छ । पछिल्लो समय नगरपालिकामा व्याप्त आर्थिक अनियमितता, भ्रष्टाचारका साथै दुर्गन्धित प्रशासनिक चलखेल भएको भन्दै विभिन्न आवाज उठेका थिए । उक्त आवाजहरु भ्रममा आधारित हुँदै गएका छन् । जसले गर्दा भ्रष्टाचार विरोधि अभियानमाथि आम नागरिकले प्रश्न उठाउँन थालेका छन् ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments