महानगरले पानीको गाडी नियन्त्रणमा लिएपछि उद्योगी आक्रोशित : माहासंघले जनायो ऐक्यबद्धता (विज्ञप्ति सहित)
- श्रावण २९, २०८२ मा प्रकाशित
काठमाडौं – काठमाण्डौं पानी उद्योग संघले काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रविपरीत काठमाण्डौं महानगरपालिका क्षेत्र भित्र पानी ढुवानी गर्ने गाडि पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । हिजो (बुधबार) एक विज्ञप्ति जारी गर्दै संघले महानगरले अधिकार क्षेत्रविपरीत पानीका गाडीलाई ठाउँ-ठाउँमा रोकि विभिन्न गाली गलौज गर्ने , पानीका जार जफत गर्ने तथा फुटाउने काम तिब्र गतिमा गरेको भन्दै काठमाण्डौं महानगरपालिकाको यस प्रकारको कार्य प्रति काठमाण्डौं पानी उद्योग संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरले पानी उद्योगी र उद्योगमाथि अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको भन्दै पानी उत्पादन बन्द गर्ने भएका छन् । काठमाण्डौं पानी उद्योग संघका महासचिव अमराज लामाले महानगरको कार्य शैलीका कारण पानी उद्योगीहरु मर्माहत भएको बताएका छन् ।
संघले समस्या समाधानको लागि काठमाण्डौं महानगरपालिकाको सम्बन्धित विभागसँग समन्वय तथा छलफल गर्न पटक-पटक समय माग्दा समेत अटेर गरेर ध्यान नदिएको र उल्टै उद्योगीलाई जबरजस्ती जरिवाना तिराउने कार्य गरेको भन्दै पानी आपूर्तिमा असर पर्नुका साथै सम्पूर्ण उद्योगीमा त्रास उत्पन्न भएको जनाएको छ । उसले महानगरको यस्तो प्रकारको लाचार कार्य प्रति घोर भर्षना समेत गरेको जनाएको हो ।
काठमाण्डौं महानगरपालिले यहि मिति २०८२ साल साउन २२ गते बिहिवारको दिन काठमाण्डौं पानी उद्योग संघमा आवद्ध रहेका पानी उद्योगले काठमाण्डौं माहानगरपालिका क्षेत्र भित्र पानी आपूर्ति गरिरहेका बेला B AC ०५०२ नम्बरको TATA ACE नामक सेवा प्रदान गरिरहेको जारको पानी बोक्ने गाडीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीय स्वायत्त ऐनको आधारमा महानगरपालिकाले विना आधार उद्योगीलाई धरपकड गर्ने कार्य गरेको भन्दै संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ति मार्फत महानगरपालिकाको यस प्रकारको कार्यले सम्पूर्ण पानी उद्योगीहरु मर्माहत भएको जनाएको छ ।
महानगरपालिकाले शिल खोलेका जार तथा बोतललाई प्रमाण मानेर पानी उद्योगी व्यवसायीमाथि कारबाही गर्न नहुने काठमाण्डौं पानी उद्योग संघका अध्यक्ष गोकुल थापाको भनाई छ । बोतल र जारमा शिल रहेको अवस्थामा मात्रै उद्योगीहरुले आफ्नो उद्योगबाट उत्पादन भएका वस्तुको गुणस्तर जिम्मा लिनसक्ने उनले बताएका छन् । उनले आफूहरुले करोडौंको लगानीमा उद्योग सञ्चालन गरिरहेको बताउँदै नियतवस उपभोत्ताको हितविरुद्ध हुने काम नगरेको बताए ।
विगत एक महिनादेखि पानी उद्योगीहरुले विभिन्न उल्झन झेल्न परेको भन्दै महानगर आफैंले पुरा गर्न पर्ने खानेपानीको दायित्वमाथि व्यवसायीले सहयोग गर्दा पनि पानी बोक्ने गाडि नियन्त्रणमा लिएर महानगरले धरपकट गरेको भन्दै संघले आपत्ति जनाएको छ ।
त्यस्तै काठमाण्डौं पानी संघले विज्ञप्ति मार्फत महानगरले २४ घण्टा भित्र नियन्त्रणमा लिएको पानी उद्योगीको गाडी उद्योगीलाई जिम्मा लगाएर सहज रुपमा पानी आपूर्तिको वातावरण सिर्जना नगरे सम्पूर्ण पानी उद्योगी आन्दोलित भई आगामी दिनमा काठमाण्डौं महानगरपालिकाको कार्यालय तथा महानगर सिमा भित्रका क्षेत्रमा जार तथा बोतलका प्रशोधित पिउने पानीको आपूर्ति बन्द गरि पानी उद्योगी चरण बद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
उता नेपाल भरका जार तथा बोतलका पिउने पानी उत्पादक गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन नेपाल पानी उद्योग महासंघले समेत काठमाण्डौं पानी उद्योग संघले जारी गरेको विज्ञप्तिको समर्थत तथा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको छ । यस्तो छ संघले जारी गरेको विज्ञप्ति……

ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments