•  २७ श्रावण २०८२, मंगलवार

काठमाडौं पानी उद्योग संघको प्रथम साधारण सभा सम्पन्न : यस्ता छन् उद्योगी लक्षित कार्यक्रम

- श्रावण २३, २०८२ मा प्रकाशित


जोरपाटी । काठमाडौं जिल्ला भरका जार तथा बोतलका पिउने पानी उत्पादक गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन काठमाडौं पानी उद्योग संघको प्रथम प्रारम्भिक साधारण सभा तथा उद्योगी सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रर्दशनीमार्ग स्थित पर्यटन बोर्डको सभाहलमा पहिलो र दोस्रो चरण गरि बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गोकुल थापाको अध्यक्षतामा भएको संघको साधारण सभा अन्र्तगत पहिलो चरणको कार्यक्रमको प्रमुख अतिथि नेपाल पानी उद्योग महासंघका केन्द्रिय अध्यक्ष बिक्रम लिम्बु चेमजोङ रहेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी , माहासचिव ध्रुब अधिकारी र उप-माहासचिव रोसा श्रेष्ठ रहेका थिए ।

काठमाडौं पानी उद्योग संघका सदस्य हस्त बहादुर तामाङद्वारा स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रमको उद्घाटन भने महासंघका केन्द्रिय अध्यक्ष बिक्रम लिम्बु चेमजोङले गरेका थिए । कार्यक्रममा उद्योगीहरुलाई सदस्यता प्रमाणपत्र वितरण सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यस्तै महासंघको ब्याज समेत वितरण गरिएको थियो ।

प्रथम साधारण सभाले गोकुल थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ । संघको उपाध्यक्ष द्वयमा श्याम प्रसाईं र तेजमान श्रेष्ठ रहेका छन् । त्यस्तै माहासचिवमा अमर राज लामा र सचिवमा दिपेन्द्र बोगटी निर्वाचित भएका छन्। त्यसैगरी संघको कोषाध्यक्षमा महेश्वर श्रेष्ठ र सह-कोषाध्यक्षमा बद्री प्रसाद श्रेष्ठ रहेका छन् । सदस्यहरुमा भने क्रमश: बिजय लामा , उपेन्द्र पोखरेल , वीर बहादुर रुम्बा तामाङ , हस्त बहादुर तामाङ , सवन श्रेष्ठ , सचितानन्द कुमाल , भगवती बुढाथोकी कार्की र रविन्द्र प्रजापति निर्वाचित भएका छन् । साधारण सभाबाट आगामी २ वर्षका लागि कार्यसमिति निर्वाचित भएसँगै काठमाडौं पानी उद्योग संघ उद्योगी लक्षित कार्यक्रममा जुटेको छ ।

उक्त कार्यक्रममा संघका माहासचिव अमर राज लामाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पानी उद्योग महासंघका अध्यक्ष लिम्बुलाई काठमाडौं जिल्लाका जार तथा बोतलका पिउने पानी तथा पानी जन्य बस्तु उत्पादक गर्ने उद्योगीहरुका समस्यालाई समाधान गर्न महासंघले १ महिना भित्र सम्बन्धित निकायमा पहल गर्न आग्रह समेत गरेका छन् ।

संघको प्रथम साधारण सभामा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकीले नेपाल पानी उद्योग महासंघ देशैभरका जार तथा बोतलका पिउने पानी तथा पानी जन्य बस्तु उत्पादक गर्ने उद्योगीहरुको छाता संगठन भएकाले देशैभरिका सबै उद्योगीहरुको संरक्षमा लाग्ने बताए । उनले काठमाडौं जिल्लाका उद्योगीहरू गोलबद्ध भएर जोडिएर समस्याको समाधन गर्न जुट्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि महासंघका माहासचिव ध्रुब अधिकारीले काठमाडौं पानी उद्योग संघलाई महासंघको तर्फबाट हुने सहयोग सधैं रहने बताए । उनले छिट्टै राज्यका निकायहरुसँग उद्योगीहरुलाई गरिने व्यवहार वारे छलफल गरिने जानकारी दिए ।

साधारण सभाको प्रमुख अतिथि समेत रहेका नेपाल पानी उद्योग महासंघका केन्द्रिय अध्यक्ष बिक्रम लिम्बु चेमजोङले सम्बोधन गर्दै पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहित संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघ सधैं लाग्ने बताए । उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गर्ने कार्यमा जुटने बताएका छन् ।

त्यस्तै दोस्रो चरण्को कार्यक्रम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका माहानिर्देशक कुमार प्रसाद दाहालको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । उक्त कार्यक्रमको विशेष अतिथिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य निर्देशक शिव भण्डारी , नेपाल बोतल वाटर उद्योग संघका पूर्व अध्यक्ष धर्मानन्द श्रेष्ठ , उपभोक्ता मञ्च नेपालका माहासचिव सत्रुधन प्रसाद देव , जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल रहेका थिए ।

त्यस्तै कार्यक्रमको अतिथिहरुमा नेपाल पानी उद्योग महासंघका उपाध्यक्ष सबि कार्की , भुवन लोहनी र कोषाध्यक्ष देव नारायण चौलागाईं , ललितपुर जिल्ला पानी संघका अध्यक्ष राम बराल , भक्तपुर पानी उद्योग संघका प्रतिनिधि गंगा अगन्जा तथा विभिन्न संस्थाका प्रतिनिधि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका माहानिर्देशक कुमार प्रसाद दाहालद्वारा पानसमा दिप प्रज्वलित गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा काठमाडौं पानी उद्योग संघका अध्यक्ष गोकुल थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष थापाले संगठनको कार्यदिशाका वारेमा वताएका थिए भने ,पानी उद्योगहरुले पालना गर्नुपर्ने नियम तथा राज्यबाट व्यवस्थापन हुनुपर्ने विषयका वारेमा जानकारी गराए । उनले पानी उद्योगीले भोग्नुपर्ने चुनौती तथा समाधान र अवसरका वारेमा समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उपभोक्ता मञ्च नेपालका माहासचिव सत्रुधन प्रसाद देवले पानी उद्योगीहरुले उच्च गुणस्तरको जार तथा बोतलको पिउने पानी प्रसोधन तथा उत्पादन गरेर बजारमा बिक्री वितरण गर्नुपर्ने बताए । उनले मानव स्वास्थ्यलाई ख्यालमा राखेर हानि रहित पानी बिक्री गर्न उद्योगीहरुलाई आग्रह गरे ।

साधारण सभा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका माहानिर्देशक कुमार प्रसाद दाहालले पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न विभाग तयार रहेको बताएका छन् । उनले उद्योगीहरुको लगानी सुरक्षित गर्न र लगानी मैत्री वातावरण निमार्णमा सबैसँग हातेमालो गर्ने बताए । माहानिर्देशक दाहालले पानी उत्पादन गर्ने नाउँमा उद्योगबाट हुने गरेको लापरबाहिवारे भने कानुनले छुट दिन नसक्ने बताए । त्यस्तो अवस्थामा उद्योगी आफै सचेत भएर जार तथा बोतलको पिउने पानी शुद्ध र गुणस्तरीय तरिकाबाट उत्पादन गरेर बजारमा पठाउनुपर्ने धारण राखेका छन् ।

काठमाडौं पानी उद्योग संघ सम्पूर्ण पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहित संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन स्थापना भएको संगठन हो । यसले पानी उद्योगीहरुलाई एउटै छाता संगठनमा गोलबद्ध गराएको छ । त्यस्तै संघले देशैभरिका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर “स्वच्छ पिउने पानी” तथा पानी जन्य बस्तु उत्पादन गरेर बजारमा बिकी वितरण गर्न उद्योगीहरुलाई सचेत गराउने मुख्य लक्ष्य राखेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर