•  २७ श्रावण २०८२, मंगलवार

विद्रोहको तयारीमा लागिरहेको प्रचण्डको खुलासा

- श्रावण १८, २०८२ मा प्रकाशित


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकपटक विद्रोहको आवश्यकत्ता रहेको औंल्याएका छन् । उनले आफू विद्रोहको तयारीमा लागिरहेको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देशमा फेरि एकपटक विद्रोहको आवश्यकत्ता रहेको बताएका हुन् ।

उनले एकचोटि फेरि क्रान्ति आवश्यक रहेको बताएका छन् । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने भन्दै आफुले यसको तयारी गरिरहेको बताए उनले चाँडै मध्यपहाडी यात्रामा जाने बताएका छन् ।

प्रचण्डले जनतासँग माओवादी अभियानपनि एउटा विद्रोहको तयारी भएकोले फेरि मध्यपहाडी यात्रामा निस्किन लागेको जानकारी दिए । उनले अभियानको क्रममा आफूहरुले शहीद परिवारका घरमा गएर उनीहरूको दुःख सुख बुझ्ने काम गरेको स्मरण गराएका छन् । प्रचण्डले फेरि माओवादी वर्गसँग जोडिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर