ओहायोमा दुई दिने राहदानी कन्सुलर सेवा तथा घुम्ती शिविर सम्पन्न : होतारामको योगदान सम्झदै नेपाली
- श्रावण १९, २०८२ मा प्रकाशित
ओहायो – अमेरीका स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर र नेपालको बाणिज्य दूतावास ओहायोको संयुक्त आयोजनामा दुई दिने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ।
ओहायो तथा वरपरका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले वासिङ्टन डिसी जस्ता टाढा यात्रा नगरी आवश्यक सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो । यसबाट समय, खर्च तथा श्रमको बचत हुनुका साथै नेपालीहरूलाई सजिलो भएको ओहायो च्याप्टरले जनाएको छ।

विभिन्न राज्यबाट सहभागी भएका करिब १ सय ५० जना नेपालीले सो शिविरबाट सेवा प्राप्त गरेका थिए। नेपाल सरकारको तर्फबाट आर्थिक मामिलाका काउन्सिलर ९परामर्शदाता० युगराज पाण्डेको नेतृत्वमा आएको टोलीमा जिना अधिकारी, रामजी दाहाल, यज्ञप्रसाद रेग्मी र रामबहादुर लामाले राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराएका थिए।
कार्यक्रममा NRNA ओहायो च्याप्टरका अध्यक्ष होता राम विश्वकर्मा , ओहायो राज्यका अवैतनिक वाणिज्य दूत डा.दामोदर पौडेल, एनआरएनए च्याप्टरका बोर्ड सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा गर्मी बिदामा रहेका विद्यार्थीहरूले स्वयंसेवकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरूको स्वस्फूर्त सहभागिताले कार्यक्रम छरितो र प्रभावकारी रूपमा सम्पन्न हुन सकेको थियो।

शिविर संचालनका लागि हिमाली हेरिटेज क्युइजिन र इन्ट्राफाउण्डेशन नामक संस्थाले कार्यक्रम स्थल उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेका थिए। शिविरको समापन ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र देवकोटाले गर्नुभएको थियो। शिविर संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होता राम विश्वकर्मा प्रति त्यहाँ रहेका नेपालीहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments