लिसंखु पाखर गाउँपालिका २ नम्बर वडा स्तरीय नेवार समुदायको प्रारम्भिक भेला सम्पन्न
- श्रावण १८, २०८२ मा प्रकाशित

काठमाडौं – सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका २ नम्बर वडाका विभिन्न भुभागमा छरिएर रहेका नेवार समुदायको प्रारम्भिक भेला सम्पन्न भएको छ। हिजो शनिबार काठमाडौं नारायणटार स्थित जुम क्याफेमा उक्त भेला सम्पन्न भएको हो।
भेलाको अध्यक्षता नेवार समदायको अग्रज, बुद्धिजीवी, समाजसेवी तथा भूपू शिक्षक ईन्द्र बहादुर श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै भेलामा श्री बुद्धोदय मा वि लिसंखुका पुर्व प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठ, युवा कानुन व्यवसायी तथा अधिवक्ता प्रेम कुमार श्रेष्ठ, भुपु शिक्षक छवि लाल श्रेष्ठ लगायतका व्यक्तित्वहरुले भेलाको उदेश्य, औचित्य र भावी कार्यदिशाको बारेमा मन्तव्य राख्नु भएको थियो।
नेवार समुदायको संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले ईन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै शिक्षक कृष्ण बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ।
लिसंखु पाखर गाउँपालिका वडन न्मबर २ भित्र रहेका सम्पूर्ण नेवार समुदायको पहिचान दिने र वर्तमान अवस्थालाई समेत समेटेर आगामी दिनमा एक स्मारिका पुस्तक प्रकाशन गर्ने निर्णय भएको छ । भेलामा बोल्दै तदर्थ समितिका सचिव अधिवक्ता प्रेम कुमार श्रेष्ठले नेवा समाजलाई संस्थागत गर्दै पहिचान र संस्कृतिको जगेर्ना गर्ने भेलाको भावी लक्ष्य रहेको बताएका छन् ।
Comments