•  २६ श्रावण २०८२, सोमबार

न्युटन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

- श्रावण १५, २०८२ मा प्रकाशित


काठमाडौ – नारायणटारमा रहेको न्युटन इन्टरनेशनल कलेजले ११ कक्षामा नयाँ भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरिेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कलेजले जोरपाटी स्थित पिस ब्याङ्केटको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।

एटलान्टिक एकेडेमीका संस्थापक तथा न्युटन इन्टरनेशनल कलेज समेतका अध्यक्ष रहेका बच्चुराम चौलागाईंको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि दिव्य नेतृत्व र दिमाग शक्ति विकास संस्थानका संस्थापक अध्यक्ष डाक्टर सागर नाथ अधिकारी रहेका थिए। त्यसैगरी कार्यक्रमको विशेष अतिथिहरुमा विभिन्न संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपेश राज आचार्यले कार्यक्रमको औचित्यका बारेमा स्पस्ट पारेका थिए । त्यस्तै आचार्यले न्युटन इन्टरनेशनल कलेजका नीति नियम र अनुशासनका बारेमा जानकारी गराएका थिए। विद्यार्थीको भविस्यलाई अत्यन्तै संबेदनसिल रुपमा अध्ययन गरि शिक्षण पेशामा निरन्तर लागिरहेका आचार्यले विद्यार्थीलाई सपथ ग्रहण समेत गराएका थिए । प्रिन्सिपल आचार्यले विद्यार्थीहरु सुध्रीने बिग्रीने वा कस्तो बन्ने भन्ने कुरा यहि कक्षा ११ बाट नै निर्धारण हुने गर्दछ। त्यसकारण विद्यार्थीलाई बेलैमा सचेत गराउदै अगाडि बढाउन न्युटन इन्टरनेशनल कलेज सधैं तयार रहेको बताए ।

अभिमुखीकरण कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको नियम, आचारसंहिता, शैक्षिक प्रक्रिया तथा सहायक सेवाहरूको जानकारी दिने रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर सागर नाथ अधिकारीले न्युटन वैज्ञानिक जस्तै आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनका अग्रसर बन्न विद्यार्थीहरुलाई प्रेरणा दिएका थिए । उनले विद्यार्थीहरूलाई आफ्नो कर्तव्य, समाज, परिवार र देशप्रतिको भूमिका बुझ्न, अध्ययन गर्न र सक्रिय रहन सन्देश पनि दिए ।

कार्यक्रममा विद्यार्थीहरुले मौलिक संस्कार र संस्कृती बोकेका नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरञ्जन दिएका थिए। उक्त कार्यक्रममा कलेजका शिक्षक शिक्षिका,शिक्षा क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरु लगायत कलेजका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

न्युटन कलेजमा व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाइ हुँदै आइरहेको छ भने कलेजमा ११ कक्षामा भर्ना अभियान चलिरहेको छ । न्युटन कलेजले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई संलग्न गराउँछ ।

लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको न्युटन इन्टरनेशनल कलेज सुधारिएको नमूना कलेज हो । जहाँ प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले कलेजको गरिमा उँचो बनाइदिएको छ । सामाजिक रुपान्तरणका लागि शिक्षा भन्ने नाराका साथ स्थापना भएको कलेजको मुख्य उदेश्य नै विद्यार्थीहरुलाई दक्ष,क्षमतावान र आत्मनिर्भरमुखी बनाउने रहेको छ। कलेजले विद्यार्थीको सम्बन्ध,वातावरण, अनुशासन,निरन्तरता, धैर्यता लगायत जीवनका संघर्ष शैक्षिक महत्व र सफलताका सम्बन्धमा गहिरो रुपमा अध्ययन गराउँदै आएको छ ।

न्युटन कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप नृत्य, गायन, विभिन्न खेलकुद , बास्केटबल, फुटबल, मार्सल आर्ट्स तथा पब्लिक स्पिकिङ लगायत जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि अभिभावक र विद्यार्थीको रोजाइमा न्युटन कलेज पर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
3
+1
0
+1
0
+1
1
Comments

सम्बन्धित खबर