प्रविधिमैत्री शिक्षासँगै विद्यार्थीको रोजाईमा जया मल्टिपल क्याम्पस : ११ कक्षामा भर्ना हुनेको घुँइचो
- श्रावण १३, २०८२ मा प्रकाशित

सत्य मञ्च – जोरपाटी – मुलुकभर कक्षा ११ र १२ को अध्यापन गराउने ५ हजारभन्दा बढी कलेजहरु रहेका छन् । त्यसमध्य तपाईंको लक्ष्य यहाँबाट सुरु हुन्छ ‘सपना हेर्नुहोस् , मेहनत गर्नुहोस् र सफलताको शिखर चुम्नुहोस्’ तपाईंको “शिक्षाको साथि भविष्य निर्माणको सहयात्री” भन्ने मुख्य नारा बोकेर स्थापित भएको जया मल्टिपल क्याम्पस पछिल्लो समय प्रविधिमैत्री शिक्षासँगै विद्यार्थीको रोजाईमा पर्न थालेको छ । विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी पढाइ हुने यस जया मल्टिपल क्याम्पस उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । यो कलेज देशका ५५ वटा जिल्लाका विद्यार्थीको रोजाइमा रहेको छ ।
भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप सधैं अब्बल गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-८ स्थित माकालबारिमा स्थापित जया मल्टिपल क्याम्पस विद्यार्थीहरुको पहिचान नै बनिसकेको छ । हरेक वर्ष अब्बल कलेजको सूचीमा रहँदैं आएको यो कलेज यस पटक पनि उच्च रोजाइमै परेको छ ।
निरन्तर अब्बल कलेजमा टिकिरहनुको प्रमुख कारण कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमताको प्रस्फुटनमा जोड दिनुजस्ता कारणहरु रहेको कलेजका प्रिन्सिपल भवानी प्रसाद पौडेल बताउँनुहुन्छ । एकल व्यवस्थापनको नीति अनुसार संचालित जया मल्टिपल क्याम्पस ख्यातिप्राप्त पुरस्कारबाट समेत सम्मानित भएको छ । यस कलेजले हरेक क्षेत्रमा उत्कृष्ट नतिजाको मानक समेत स्थापित गरेको प्रिन्सिपल पौडेलले बताउनु भयो ।
जया मल्टिपल क्याम्पसले ११ कक्षामा सर्वाधिक छात्रवृत्ति दिने कलेजका रुपमा समेत आफूलाई स्थापित गरेको छ । नेपाल सरकारले तोकेको कोटा बाहेकका छात्रवृत्ति समेत कलेजले प्रदान गर्दै आएको छ । जेहेन्दार, विपन्न, एसईईमा राम्रो जीपीए तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुले जया मल्टिपल क्याम्पसमा छात्रवृत्ति पाउँने गर्छन् ।
सिमित भर्ना, अनुभवी शिक्षकबाट पठनपाठन र विद्यार्थीको शैक्षिक उन्नयमा बढी फोकस हुनुसँग जया मल्टिपलको सफलता जोडिएको छ । विद्यार्थीमैत्री वातावरण, अनुशासन जस्ता कुराहरुले पनि जया मल्टिपलको नतिजालाई सधैं अब्बल बनाउन भूमिका खेलेको छ । १८ वर्षदेखि ११ र १२ कक्षा पढाइरहेको जया मल्टिपल क्याम्पसले लगातार उत्कृष्ट कलेजको पुरस्कार पाइरहेको छ ।
भौतिक रुपमा सुविधासम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई जया मल्टिपल क्याम्पसले अवलम्बन गरको छ । जहाँ ‘स्मार्ट शिक्षक’ ले ’स्मार्ट प्रविधि’ अपनाउँदै स्मार्ट तरिकाले पढाउँछन् । व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ । जया मल्टिपल क्याम्पसका विद्यार्थीहरू विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययनरत छन् ।
लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको जया मल्टिपल क्याम्पस सुधारिएको नमूना कलेज हो । जहाँ प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले कलेजको गरिमा उँचो बनाइदिएको छ । ‘सामाजिक रुपान्तरणका लागि शिक्षा’ भन्ने उदेश्यका साथ स्थापना भएको कलेजको मुख्य उदेश्य नै विद्यार्थीहरुलाई दक्ष,क्षमतावान र आत्मनिर्भरमुखी बनाउने रहेको छ।
कलेज र विद्यार्थीको सम्बन्ध , वातावरण , अनुशासन , निरन्तरता , धैर्यता लगायत जीवनका संघर्ष शैक्षिक महत्व र सफलताका सम्बन्धमा जया मल्टिपल क्याम्पस गहिरो रुपमा ख्याल राख्ने गर्दछ । अझ कलेजको अर्को महत्वपूर्ण विषय भनेको विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गर्ने भएकाले नै यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान,सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप नृत्य, गायन, विभिन्न खेलकुद ,बास्केटबल,फुटबल,मार्सल आर्ट्स तथा पब्लिक स्पिकिङ लगायत जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।
यस कलेजले विद्यार्थीहरुका लागि लक्षित गरेर अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । यो वर्ष पनि कलेजले ११ कक्षामा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि उक्त कार्यक्रम गर्ने बताएको छ । जया मल्टिपल क्याम्पसमा व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायमा पढाइ हुँदै आइरहेको छ भने कलेजमा ११ कक्षामा भर्ना अभियान चलिरहेको छ । जया मल्टिपल क्याम्पसले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई संलग्न गराउँछ । त्यस्तै यस कलेजमा त्रिभुवन विश्व विद्यालय अन्र्तगत स्नातक र स्नातकोत्तर तहको बिए,बिबिएस,बिएस डब्लु ,बिसिए ,बिबिएम र एमबिएस जस्ता तहमा समेत कक्षा संचालन हुने गरेको छ ।
Comments