शान्ति आदर्श कलेजद्वारा आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न
- श्रावण १४, २०८२ मा प्रकाशित
काठमाडौ- गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडा स्थित जोरपाटीमा रहेको शान्ति आदर्श कलेजले ११ कक्षामा नयाँ भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कलेजले प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हाँसिल गरी ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि शान्ति आदर्श कलेज (एसए) एक प्रमुख आकर्षणको केन्द्र बनेको छ। गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणमा संचालित यो कलेज विद्यार्थीहरूको रोजाइमा परेको छ। यस वर्ष एसईईमा सफल जिपिए ल्याएका विद्यार्थीहरूले आफ्नो कक्षा ११ र १२ अध्ययनको लागि शान्ति आदर्श कलेज रोजिसकेका छन् ।
अभिमुखिकरण कार्यक्रममा कलाकार स्वप्न सुमन आएका थिए भने उनले गीत गाएर विद्यार्थीहरुमा उत्साह भरेका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मौलिक संस्कार र संस्कृती बोकेका नृत्यहरु प्रस्तुत गरि मनोरञ्जन दिएका थिए। उक्त कार्यक्रममा कलेजका शिक्षक-शिक्षिका,शिक्षा क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरु लगायत कलेजका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
नयाँ सोच लिएर स्थापना भएको शान्ति आदर्श कलेजले यस वर्ष ११ कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments