•  १२ श्रावण २०८२, सोमबार

बज्र कलेज र त्रिकोन स्कुलको गैरकानुनी चलाखी उस्तै,अझै पुगेन शिक्षा शाखाको ध्यान

- श्रावण १२, २०८२ मा प्रकाशित


आदरणीय पाठक वर्ग हामिले केहि दिन अगाडि त्रिकोन स्कुल र बज्र कलेजको गैरकानुनी चलाखी एउटाको दर्ता अर्कोमा संचालन भन्ने शिर्षकमा समाचार तयार पारेका थियौं । उक्त समाचार पछि हामिलाई समाचार रोकिदिन भन्दै निकै फोनहरु आए,हामीले त्यस्ता फोनहरुको कुनै प्रवाह गरेनौं । तर यस विषयले स्थानीय तहको समेत ध्यानाकर्षक भएको महसुस हामिले गरेका छौं । खास गरि गाकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कारबाहीको प्रक्रिया अगाडि बढाएको भन्ने विषय विशेष स्रोतबाट बुझिएको छ ।

के हो विषय ? जानी राखौं

गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडामा संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको ११ कक्षा र १२ कक्षाको संचालन अनुमति लिएर बज्र इन्टरनेशनल कलेजले शैक्षिक गतिविधि संचालन गरिरहेको छ । बज्र इन्टरनेशनल कलेज भने गोकर्णेश्वर नगरपालिकाको ६ नम्बर वडामा रहने गरि त्रिभुवन विश्व विद्यालयबाट स्नातक तह सम्मको कक्षा संचालन अनुमति लिएर संचालनमा आएको कलेज हो । उसको आफ्नै विद्यालय छैन ।

त्रिकोन पब्लिक सेकेण्डरी स्कुलले पछिल्लो २ वर्षयता ६ नम्बर वडामा रहेको बज्र इन्टरनेशनललाई ११ र १२ को कक्षा संचालन गर्न अनुमति दिएको छ । त्रिकोन पब्लिक सेकेण्डरी स्कुल गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडा स्थित नारायणटारमा संचालनमा रहेको स्कुल हो । बज्र कलेज र त्रिकोन स्कुलको एक अर्काको भौगोलिक दुरी झण्डै १ किलोमिटर टाढा रहेको छ । सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा विद्यालय तथा कक्षा संचालन गर्न पाइदैन । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ ।

बज्र इन्टरनेशनल कलेजले त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको नामबाट ११ कक्षामा बिज्ञान , व्यवस्थापन , मानविकी र कानुन संकायमा नयाँ भर्ना संचालन गरिरहेको छ । जुन विषय कानुन विपरित हो ।

बज्र इन्टरनेशनल कलेजले कक्षा ११ र १२ संचालन अनुमति नै नभएको तथा ठेगाना नै फरक रहेर संचालनमा रहेको भएपनि अर्को विद्यालयको अनुमति लिएर ११ र १२ कक्षा संचालन गरेर कानुनको धज्जी उडाइरहेको छ । त्यस्तै त्रिकोन पब्लिक सेकेण्डरी स्कुल आफ्नो गैरकानुनी चलाखी देखाइरहेको छ ।

बज्र इन्टरनेशनल कलेजको आफ्नो छुट्टै माध्यामिक तहको विद्यालय छैन । उसले ११ र १२ कक्षा संचालन गर्न पाउँदैन । बज्रले ११ र १२ कक्षा संचालन गर्दा आफ्नो छुट्टै सेकेण्डरी तह सम्मको विद्यालय संचालन अनुमति लिनुपर्ने हुन्छ । उसले आफ्नो सेकेण्डरी तहको विद्यालय नभएको अवस्थामा समेत ठेगाना फरक भएर संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको अनुमति लिएर ६ नम्बर वडामा ११ र १२ कक्षा संचालन गर्नु गैरकानुनी हो । यस्तो अवस्थामा बज्र कलेज र त्रिकोन स्कुलको गैरकानुनी चलाखी उस्तै देखिएको छ भने गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखाको ध्यान अझै पुगेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर