•  १२ श्रावण २०८२, सोमबार

कुमारी कलेजद्वारा आयोजित ओरेन्टेसन कार्यक्रम सम्पन्न

- श्रावण ११, २०८२ मा प्रकाशित


काठमाडौ-बौद्ध स्थित टुसालमा रहेको कुमारी कलेजले ११ कक्षामा नयाँ भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरिेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कलेजले हिजो शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।

युरोएसिया एकेडेमीका अध्यक्ष तथा कुमारी कलेज समेतका अध्यक्ष रहेका पारस मणि पौडेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा रहेका थिए। त्यसैगरी कार्यक्रमको विशेष अतिथिहरुमा संस्थाका अध्यक्ष तथा शिक्षाविद रत्न बज्र लामा,सामाजिक अभियन्ता नविन बज्र लामा रहेका थिए ।

कार्यक्रममा कलेजका प्रधानाध्यापक निलकन्ठ ढुङानाले कार्यक्रमको औचित्यका बारेमा स्पस्ट पारेका थिए । त्यस्तै ढुङानाले कुमारी कलेजका नीति नियम र अनुशासनका बारेमा जानकारी गराएका थिए। विद्यार्थीको भविस्यलाई अत्यन्तै संबेदनसिल रुपमा अध्ययन गरि शिक्षण पेशामा निरन्तर लागिरहेका ढुंगानाले विद्यार्थीलाई सपथ ग्रहण समेत गराएका थिए।

प्रधानाध्यापक ढुङानाले विद्यार्थीहरु सुध्रीने बिग्रीने वा कस्तो बन्ने भन्ने कुरा यहि कक्षा ११ बाट नै निर्धारण हुने गर्दछ। त्यसकारण विद्यार्थीलाई बेलैमा सचेत गराउदै अगाडि बढाउनुपर्नेमा प्रधानाध्यापक ढुंगानाको जोड रहेको थियो।

लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको कुमारी कलेज सुधारिएको नमूना कलेज हो । जहाँ प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले कलेजको गरिमा उँचो बनाइदिएको छ । सामाजिक रुपान्तरणका लागि शिक्षा भन्ने नाराका साथ स्थापना भएको कलेजको मुख्य उदेश्य नै विद्यार्थीहरुलाई दक्ष,क्षमतावान र आत्मनिर्भरमुखी बनाउने रहेको छ। त्यसैगरी काउन्सिलिङ इन्चार्ज उद्धवप्रसाद धितालले कलेज र विद्यार्थीको सम्बन्ध,वातावरण, अनुशासन,निरन्तरता, धैर्यता लगायत जीवनका संघर्ष शैक्षिक महत्व र सफलताका सम्बन्धमा गहिरो रुपमा मन्तब्य राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरुका लागि मोटिभेसनल स्पिकर अशोक कुमार दाहालले सकारात्मक सचेतनामुलक प्रशिक्षण प्रदान गरेका थिए। दाहालले अति उपयुक्त जीवन जिउनकालागि विद्यार्थीलाई आवस्यक पर्ने विभिन्न टिप्सहरु प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै विशेष अतिथि रत्न बज्र लामाले बौद्ध टुसालमा लामो समय देखि शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको एक मात्र कलेज कुमारी कलेज रहेको बताउदै अनुशासन र शान्त वातावरणमा शिक्षण गराउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि भुवन लामाले बौद्ध क्षेत्रमा सबै भन्दा अनुशासन र गुणस्तरीय, प्रभावकारी र आत्मनिर्भरमुखी शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा परिचित कुमारी कलेजले पछिल्ला समयमा आफ्ना गतिविधि उल्लेखनीय रुपमा बढाउदै आएको बताए। उनले कुमारी कलेज जस्ता शैक्षिक संस्थाहरुबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने र आफुबाट हुने सक्दो साथ सहयोग रहने समेत जनाए।

कुमारी कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले नै यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप नृत्य, गायन, विभिन्न खेलकुद , बास्केटबल, फुटबल, मार्सल आर्ट्स तथा पब्लिक स्पिकिङ लगायत जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि कुमारी कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।

कलेजका शिक्षक तथा शिक्षिकाद्वय शोभा अधिकारी र प्रदिप ढकालद्वारा संचालित कार्यक्रममा सम्पुर्ण उपस्थितहरुलाई कलेजका सह प्रधानाध्यापक श्रीकृष्ण गौतमले स्वागत गरेका थिए । कार्यक्रममा बिभिन्न तहमा कार्यरत शिक्षिक तथा शिक्षिकाहरुलाई परिचय गराउदै खादा लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा अध्यनरत विद्यार्थी तथा पुर्व विद्यार्थीहरुले समेत मन्तब्य तथा साहित्यिक कविता र गजलहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले नेवारी,सेलो,मारुनी लगायत मौलिक संस्कार र संस्कृती बोकेका नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरञ्जन दिएका थिए। उक्त कार्यक्रममा कलेजका शिक्षक शिक्षिका,शिक्षा क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरु लगायत कलेजका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कुमारी कलेजमा शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायमा पढाइ हुँदै आइरहेको छ भने कलेजमा ११ कक्षामा भर्ना अभियान चलिरहेको छ । कुमारी कलेजले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई संलग्न गराउँछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर