होटल व्यवसायी र पानी संघबीच एकदिने अन्तरक्रिया सम्पन्न : गुणस्तरीय पानी उत्पादन गर्ने काठमाडौं पानी संघको प्रतिबद्धता
- श्रावण १०, २०८२ मा प्रकाशित
काठमाडौं । काठमाडौं जिल्ला होटल व्यवसायी संघ र काठमाडौं पानी उद्योग संघको संयुक्त आयोजनामा शुद्ध र गुणस्तरीय पानी उत्पादन तथा वितरणका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका बिच दुबै संघले सहकार्य समेत गर्ने भएका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङ र काठमाडौँ पानी उद्योग संघका अध्यक्ष गोकुल थापाले पानीको शुद्धता र सार्वजनिक स्वास्थ्यप्रति उत्तरदायी भई व्यावसायिक हितका लागि होटल व्यवसायीहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन् । उनीहरुले पानीको उत्पादन तथा वितरण प्रणालीमा सुधार ल्याउँदै उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र वातावरणमैत्री पानी आपूर्ति गर्न उद्योग क्षेत्र गम्भीर रहेको उल्लेख गरेका छन् ।

भूमिगत पानीलाई शुद्ध रुपमा प्रशोधन गरी बजारमा पठाउन पानी उद्योगीहरुलाई जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौंका अध्यक्ष सुरेश बरालले जोड दिएका छन्।
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौं र काठमाडौँ पानी उद्योग संघबीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बरालले पानी उद्योगीहरुले “नेचुरल मूलको पानीलाई अझ प्राथमिकता दिई उत्पादन तथा वितरण गर्दा पानीको व्यावसायिकता बढ्ने भन्दै बजारमा गुणस्तर नभएका बोतल र जारको प्रयोगमाथि गुणस्तरीयता बढाउनु पर्ने सुझाव समेत दिएका छन् ।
आगामी दिनमा होटल तथा पर्यटन क्षेत्रले प्रयोग गर्ने पानी उच्च गुणस्तरको, प्रिमियम स्तरको जार र बोतलमार्फत मात्र आपूर्ति गर्न उनले जोड दिए । कार्यक्रममा सहभागी सरोकारवालाहरूले पानीको शुद्धता, गुणस्तर र प्रकारसम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments