कुमारी कलेजले साउन १० गते ओरन्टेसन कार्यक्रम गर्दै, चर्चित व्यक्तित्वको आगमन हुने
- श्रावण ७, २०८२ मा प्रकाशित
बौद्ध – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी राम्रो जिपिए ल्याएका विद्यार्थीहरूको लागि बौद्ध स्थित टुसालमा रहेको कुमारी कलेज (KEBS) एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणका साथ काठमाडौंको माहानगरपालिका ६ नम्बर वडा स्थित बौद्धमा संचालित यो कलेज सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूको पहिलो रोजाइ बनेको हो। यस वर्ष एसईईमा सफल जिपिए ल्याएका विद्यार्थीहरूले आफ्नो कक्षा ११ र १२ अध्ययनको लागि कुमारी कलेज रोजिसकेका छन् ।
नयाँ सोच लिएर शिक्षा सबैको लागि भन्ने नारा सहित स्थापना भएको कुमारी कलेजले यस वर्ष ११ कक्षामा नयाँ भर्ना भएका झण्डै ३ सय जना विद्यार्थीहरुलाई साउन १० गते जोरपाटी स्थित पिस बैंकुटको सभाहलमा स्वागत तथा ओरन्टेसन कार्यक्रम गर्ने भएको छ । ओरन्टेसन कार्यक्रममा चर्चित व्यक्तित्वहरुको उपस्थिति रहने विधालयका प्राचार्य निलकण्ठ ढुङ्गानाले जानकारी दिएका छन्।
शिक्षण सिकाईमा स्तरीयता, गतिशीलता र प्रतिबद्ध भावना सहित बिगत ४० वर्ष देखि शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउदै आएको यस कलेजमा कक्षा ११ मा बिज्ञान, व्यबस्थापन , मानविकी र कानुन संकायका बिभिन्न बिषयमा कक्षा संचालन हुँदै आएको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments