विनायक सिद्ध कलेजको ग्रान्ड एसईई करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न : विद्यार्थीको ब्राण्ड नाम भिएस
- असार १२, २०८२ मा प्रकाशित

काठमाण्डौं-विनायक सिद्ध कलेजले माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ग्रान्ड एसईई करिअर काउन्सिलिङ कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एसईई करिअर काउन्सिलिङ कार्यक्रममा नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट तथा कार्यकारी अधिकृत मनोज ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले लामो समयदेखि नेपालको शैक्षिक उन्नयनमा समर्पित विनायक सिद्ध कलेजले एसईईको परीक्षा दिएर बसेका करिब २ हजार विद्यार्थीलाई कक्षा ११ मा कुन विषय र क्षेत्रमा जाँदा राम्रो हुन्छ भन्ने विषयमा विगतका वर्षहरूदेखि नै करिअर काउन्सिलिङ गर्दै आएको बताए । त्यसकै निरन्तरतास्वरूप यो वर्ष पनि आफ्नो भविष्य कुन विषय पढ्दा उज्ज्वल हुन्छ, अबको सम्भावना के–के विषयमा बढी छ भन्ने विषयमा विभिन्न क्षेत्रका विषयविज्ञहरूको अनुभवलाई शेयर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
प्लस टु र ब्याच्लर लेभललाई लक्षित गरेर सुरु गरिएको विनायक सिद्ध (भीएस) कलेजले आज मन्टेश्वरीदेखि मास्टर्स डिग्रीसम्म विस्तार भइसकेको र करिब ९ हजार विद्यार्थीलाई कलेजले दीक्षित गराइसकेको सिंखडाले जानकारी दिए ।
भीएस कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले नै यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको उनले बताए । साथै, ‘आफ्ना विद्यार्थीलाई पाठ्यक्रमलक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजनाअनुरुप नृत्य, गायन, विभिन्न खेलकुद; बास्केटबल, फुटबल, मार्सल आर्ट्स तथा पब्लिक स्पिकिङलगायत जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि भीएस कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको सिंखडाको भनाइ थियो ।
Comments