संघीय लोकतान्त्रिक मोर्चाबाट रूपन्देहीमा नाउपाको दाबी
- असार १२, २०८२ मा प्रकाशित
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको अध्यक्षतामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्ययोजना लगायतको विषयमा छलफल भएको बताइएको छ । बैठकमा आगामी उपनिर्वाचनको बारेमा पछि छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं.३ मा र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) जनप्रतिनिधि विहीन अवस्थामा रहेको छ ।
०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं.३ बाट निर्वाचित दीपक बहादुर बोहोराको निधन भएर उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो भने गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित दिपक मनाङ्गे (राजीव गुरुङ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनी पदमुक्त भएका छन् ।
मोर्चाको बैठकमा यी दुई ठाउँमा हुने उपनिर्वाचनमा सहकार्यको बारेमा छलफल भएको बताइएको छ । निर्वाचन आयोगले आगामी कात्तिकमा रिक्त क्षेत्रहरुमा उपनिर्वाचन गराउने तयारी थालेको छ ।
रूपन्देही– ३ मा संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments