•  १५ असार २०८२, सोमबार

त्रिकोन स्कुल र बज्र कलेजको गैरकानुनी चलाखी-एउटाको दर्ता अर्कोमा संचालन

- असार ११, २०८२ मा प्रकाशित


जोरपाटी : गोकर्णेश्वर नगरपालिकामा संचालनमा रहेको एउटा संस्थागत विद्यालय र कलेजको गैरकानुनी बदनियत चलाखी बाहिर आएको छ । त्यस्तो बदनियत चलाखी गर्ने विद्यालयमा गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडामा संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुल रहेको छ । त्यस्तै सोहि नगरपालिकाको ६ नम्बर वडामा संचालनमा रहेको बज्र इन्टरनेशनल कलेज रहेको छ ।

गैरकानुनी चलाखी वारे चर्चा गरौं :

त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको ११ कक्षा र १२ कक्षाको संचालन अनुमति लिएर बज्र इन्टरनेशनल कलेजले शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको छ । उसले गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडामा संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको संचालन अनुमित लिएर ११ कक्षा र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित पठनपाठन गर्ने गराउने गरेको खुलेको हो ।

बज्र इन्टरनेशनल कलेज भने गोकर्णेश्वर नगरपालिकाको ६ नम्बर वडामा रहने गरि त्रिभुवन विश्व विद्यालयबाट स्नातक तहको संचालन अनुमति लिएर बिए , बिबिएस, बिएस डब्लु र बिसिए जस्ता संकायमा विद्यार्थी भर्ना गरेर पठाउने गरि संचालनमा आएको कलेज हो । उसको आफ्नो छुट्टै विद्यालय छैन । उसले ११ र १२ कक्षा संचालन गर्न पाउँदैन । बज्रले ११ र १२ कक्षा संचालन गर्दा आफ्नो छुट्टै सेकेण्डरी तह सम्मको विद्यालय संचालन अनुमति लिनुपर्ने हुन्छ । उसले आफ्नो सेकेण्डरी तहको विद्यालय नभएको अवस्थामा समेत ठेगाना फरक रहेर संचालनमा रहेको त्रिकोन पब्लिक सेकेण्डरी स्कुलको अनुमति लिएर ६ नन्बर वडामा ११ र १२ कक्षा संचालन गर्दै आएको पाइएको हो ।

उता त्रिकोन पब्लिक सेकेण्डरी स्कुलले समेत ११ र १२ कक्षा गोकर्णेश्वर नगरपालिकाकै ५ नम्बर वडामा छुट्टै संचालन गरिरहेको छ । सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा विद्यालय संचालन गर्न मिल्दैन । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ ।

यस वारेमा बज्र इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख जगन्नाथ बिष्टसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दा ११ र १२ कक्षाको संचालन त्रिकोन पब्लिक सेकेण्डरी स्कुलबाट अनुमति लिएर कक्षा संचालन गर्ने गरेको स्विकार गरेका छन् । त्यस्तै त्रिकोन पब्लिक सेकेण्डरी स्कुलका संचालक/प्रिन्सिपल जित बहादुर बस्नेतसँग टेलिफोन सम्पर्कमा भएको कुराकानीमा त्यस्तो गर्ने नगरेको भन्दै ढाँट्ने प्रयास गरेका छन् । उता बज्र कलेजका क्याम्पस प्रमुख बिष्टले ११ र १२ कक्षाको संचालन त्रिकोन बाटै अनुमति लिएर संचालन गर्ने गरेको बताउनु र त्रिकोनका प्रिन्सिपल बस्नेतले होइन भन्दै ढाँट्ने प्रयास गर्नुले पनि त्रिकोन र बज्र कलेजको गैरकानुनी चलाखी रहेको बुझ्न कठिन छैन ।

बज्र इन्टरनेशनल कलेजले कक्षा ११ र १२ संचालन अनुमति नै नभएको तथा ठेगाना नै फरक रहेर संचालनमा रहेको भएपनि अर्को विद्यालयको अनुमति लिएर ११ र १२ कक्षा संचालन गरेर कानुनको धज्जी उडाइरहेको छ । त्यस्तै त्रिकोन पब्लिक सेकेण्डरी स्कुल आफ्नो गैरकानुनी चलाखी देखाइरहेको छ ।

गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर बिष्टले गैरकानुनी रुपमा कक्षा संचालन गर्न नपाइने बताएका छन् । उनले फरक वडामा दर्ता गरेर संचालनमा रहेको विद्यालयले अर्को फरक ठाउँमा गएर अनुमति बेगर कक्षा संचालन गर्न नमिल्ने बताएका छन् । कसैले त्यसरी संचालन गरेको पाइए कारबाहि गरिने समेत बताए । गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा स्रोत व्यक्तीका रुपमा कार्यरत शिक्षक एवम् विद्यालय सुपरिवेक्षक राम नारायण शाहाले समेत उक्त कार्य गर्न नमिल्ने बताएका छन् ।

त्यस्तै यस वारेमा काठमाण्डौं प्याब्सनका बरिष्ठ उपाध्यक्ष सुर्दशन थापाले त्रिकोन र बज्रले त्यसरी कक्षा संचालन गर्न नमिल्ने बताएका छन् भने, गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदिप अधिकारीले समेत कानुन विपरित त्यसरी कक्षा संचालन गर्न नमिल्ले बताए । उनले दर्ता संचालन अनुमित एक ठाउँको लिएर अर्को स्थानमा अर्को विद्यालयलाई कक्षा संचालन गर्न अनुमति दिन नमिल्ने समेत बताएका छन् ।

उता शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउने साथै शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने शिक्षा नीतिमा उल्लेख गरिएको छ । संविधानले देशलाई संघीय संरचनामा लगेर संघ, प्रदेश र स्थानीय तहमा राज्यशक्तिको बाँडफाँट गरेको छ । संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।

विद्यालयको संचालन र अनुमति रद्द गर्ने, नयाँ विद्यालय संचालन गर्न अनुमति दिने, शिक्षक नियुक्ति, सरुवा र कारबाही गर्ने लगायत विद्यालय शिक्षा सम्बन्धी अधिकार ऐनले स्थानीय तहको क्षेत्राधिकार भित्र पर्दछ । तर यसको ठिक विपरित संस्थागत अर्थात निजी विद्यालय संचालनमा आउँदा समेत कतिपय स्थानीय तह मौन बस्ने गरेको छन् । थप विवरण सहित अर्को अंकमा आउने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर