गोकर्णेश्वर नगरपालिकाको मोबाइल एप्स सार्वजनिक
- असार १२, २०८२ मा प्रकाशित
काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाले प्रविधिमैत्री शासन प्रणालीतर्फ अघि बढ्दैँ नगरबासीहरूको सुविधालाई लक्षित गर्दै आधिकारिक मोबाइल एप्स सार्वजनिक गरेको छ । नगरपालिकाले १५ औं नगर अधिवेशनको अवसर पारेर एप्स सार्वजनि गरेको हो । यस एप्समार्फत नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।
नगरपालिकाका प्रमुख दिपक रिसालले एप्समा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको बताउनुभयो । उहाँले एप्समा थप सुविधा विस्तारको तयारी भइरहेको समेत बताउनु भएको छ ।
यस एप्सले नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास रारखिएको छ । आगामी दिनमा सबै नगरपालिकाका सेवाहरूलाई एकीकृत गर्दै यस एप्समार्फत उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ ।
उक्त एप्सको विकास गभर्नेन्स अटोमेटिक सोलुसन प्रालीले गरेको हो । गोकर्णेश्वर एप्सले स्थानीय शासनको डिजिटल रूपान्तरणमा टेवा पुर्याउँदै नागरिक र प्रशासनबीचको सम्बन्ध सुदृढ बनाउने छ ।
एप्समा डिजिटल नागरिक वडापत्र, स्वास्थ्य सम्बन्धी जानकारी, गुनासो तथा सुझाव पठाउने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा,आपतकालीन सूचना र सम्पर्क सुविधा, धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी, सूचना तथा समाचार अद्यावधिक, घरमै सेवा प्राप्त गर्ने सुविधा, स्थानीय सेवा लगायतका सेवाहरू समावेश गरिएको छ ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments