•  १५ असार २०८२, सोमबार

गोकर्णेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक २ अर्ब ५ करोडको बजेट

- असार ११, २०८२ मा प्रकाशित


काठमाडौं – शंखरापुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले १५ औं नगर अधिवेशन मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि २ अर्व ५ करोडको बजेट ल्याएको छ । नगरपालिकाले सङ्घीय तथा प्रदेश सरकारबाट हुने वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रकम तथा सामाजिक सुरक्षा बापतको रकम सहितको बजेटलाई समावेश गरेको छ ।

सोमबार भएको १५ औं अधिवेशनको नगरसभाबाट सर्वसम्मतिले सो बजेट पारित गरिएको हो । नगरसभामा नगरप्रमुख दिपक कुमार रिसालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख सान्नानी लामाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट सर्बसम्मतिले पारित भएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आधुनिक र व्यवस्थित सहरी सभ्यताको विकासका लागि गोकर्णेश्वर नगरपालिकाले नयाँ शहरी विकास आयोजनाको काम सुरु गर्ने भएको छ ।

नगर अधिवेशनको माननीय उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए। साथै नगर प्रमुख दिपक रिसाल , उपप्रमुख सान्नानी लामा , प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगरप्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष नारायण बहादुर सुवेदी तथा काठमाण्डौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेले मन्तब्य राख्नुभएको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संवोधन गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति ,नेकपा एमालेका नगर अध्यक्ष , माओवादी केन्दका नगर अध्यक्ष , ष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष , राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष लगाएतले नीति तथा कार्यक्रम प्रति धारण राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर