पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना
- असार ६, २०८२ मा प्रकाशित
काठमाडौं – तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष वरिष्ठ पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा.लिमा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।”
शाखाका अनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । शाखाले यस्तो आक्रामक र अमर्यादित व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको स्पष्ट उल्लंघन भएको बताएको छ ।
घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै शाखाले दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतान्त्रिक समाजका आधारस्तम्भ हुन् । यस्ता घटनाले पत्रकारहरूलाई त्रास, डर र असुरक्षाको वातावरणमा काम गर्न बाध्य पार्दछ, जुन हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।”
महासंघ काठमाडौं शाखाले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न सुरक्षा निकाय र प्रशासनसँग आग्रह गरेको छ । साथै, यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकार, सरोकारवाला निकाय र सम्पूर्ण नागरिक समाजसँग समेत अपिल गरेको छ ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments