प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगन्
- जेष्ठ १४, २०८२ मा प्रकाशित
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन् । उनले भने,‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ । विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो ।’
गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनको आग्रह छ । यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालिन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्न सुझाव दिए ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments