माओवादी केन्द्र र नेसपा बीच पार्टी एकता
- जेष्ठ १२, २०८२ मा प्रकाशित

काठमाडौं-नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ नेतृत्वको टोली आजनेकपा (माओवादी केन्द्र) मा फर्किएको छ । । काठमाडौंमा आयोजित एक समारोहबीच दुई पार्टीबीच एकता घोषणा भएको हो ।

पार्टी एकता समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष सैँजुलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि आजै एकता भएको थियो । पछिल्लो समय माओवादी केन्द्रले वामपन्थी एकतालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments