माओवादीले पनि माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा
- जेष्ठ १३, २०८२ मा प्रकाशित
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । आज (सोमबार) विहान बसेको पदाधिकारी बैठकले यो प्रकरणमा मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने निश्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा सापकोटाले भने,‘हाम्रो पार्टीको आज बसेको बैठकले गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ।’ यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिँदामात्रै पावरको दुरूपयोग हुन नपाउने आफूहरुको निश्कर्ष रहेको सापकोटाको भनाई छ ।
यसअघि विपक्षी दल रास्वपाले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको छ । रास्वपाले त भोलि जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठक चल्न नदिनेसम्मको चेतावनी दिएको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments