•  १९ जेष्ठ २०८२, सोमबार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण-नेपाल उच्च जोखिममा

- जेष्ठ १२, २०८२ मा प्रकाशित


नयाँदिल्ली – भारतका १६ राज्यमा कोरोना संक्रमण फैलिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड १९ बाट एक हजारभन्दा बढी सक्रिय संक्रमित पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरला राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित भेटिएका छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९र९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १र१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो समय दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको छ । विभिन्न स्वास्थ्य संगठनहरुले जनाए अनुसार एसियाली देशहरूमा फैलिएको कोरोना संक्रमण त्यति धेरै जोखिमयुक्त छैन । भातरमा देखा परिरहेको कोरोना संक्रमण पनि हल्का प्रकारको रहेको भनिएको छ ।

महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिसको मृत्यु भएको खबर बाहिर आएका छन् । भारतले कोरोना जोखिमबारे निगरानी बढाएको छ ।

भारतका १६ राज्यमा फैलिएको कोरोना संक्रमणसँगै नेपाल उच्च जोखिममा रहेको छ । स्वास्थ्य प्रणाली कमजोर व्यवस्थापन भएको नेपाल कोरोनाको संक्रमणबाट बच्न प्रभावकारी पूर्वतयारी गर्न सचेत हुन आवश्यक छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर