•  १९ जेष्ठ २०८२, सोमबार

एमाले सचिवालय बैठक बस्दै

- जेष्ठ ११, २०८२ मा प्रकाशित


काठमाडौं आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला एमाले सचिवालय बैठक बस्न लागेको हो ।

कांग्रेसभित्रैबाट गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ । यसैबेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर