परिवार नियोजन अवस्था र आवश्यकता

  • झरना खबर
  • २०७८ आश्विन ११ गते २०:३७ बजे प्रकाशित

अनिल पौडेल-मोरङ

जनसङ्ख्या व्यवस्थापनको एक महत्वपूर्ण पक्ष हो परिवार नियोजन । मुलुकको आर्थिक, सामाजिक परिवेश तथा श्रोतको उपलब्धता मानवीय सङ्ख्या रहनु अपरिहार्य छ । नेपालको सन्दर्भमा साधनश्रोतको अवस्था केही कमी रहेका कारणबाट पनि यो पक्ष विशेष महत्त्वको रहेको छ । यस सन्दर्भमा परिवार नियोजन विगत लामो समयदेखि सरकारको उच्च प्राथमिकतामा पर्दै आएको छ । सन् १९५९ मा नेपाल परिवार नियोजन संघको स्थापना पश्चात् यो विषयले औपचारिकता पाएको सर्वविदित नै छ । 

आवश्यकता : नेपाल आर्थिक रुपमा पिछडिएको राष्ट्र हुनुका साथै शैक्षिक रुपमा समेत अपेक्षित रुपमा अगाडि बढ्न नसकेका कारणबाट तीव्र जनसङ्ख्या वृद्धि भइरहेको तथ्य जगजाहेरै छ । यसकारण श्रोतसाधनको उपभोग र परिचालनमा तिव्र दबाब परिरहेको अवस्था छ । जनसङ्ख्याको तिव्रतर वृद्धिका कारण सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पर्ने विविध प्रभावका कारण नेपालको आर्थिक विकासको लक्ष्य हासिल गर्नमा कठिनाई उत्पन्न भइरहेको अवस्था छ । दिगो विकासका लक्ष्य अन्तर्गत सबै प्रकारका गरिबीको अन्त्य, भोकमरीको अन्त्य, स्वस्थ जीवनको सुनिश्चितता, गुणस्तरीय शिक्षाको उपलब्धता जस्ता लक्ष्य हासिल गर्नमा बढ्दो जनसङ्ख्या अनुपातले कठिनाई सिर्जना गरिरहेका कारण परिवार नियोजनका कार्यक्रमको अपरिहार्यता रहेको हो । 

पारिवारिक शान्ति, प्रगति तथा उन्नयनका कार्यहरुको सञ्चालनमा देखापर्ने कठिनाईका कारण मानव विकासका सूचकहरुमा दबाब परेको तथ्य छुपाइरहनु पर्दैन । रोजगारीको उपलब्धता र उपलब्ध मानव श्रोत बीचको खाडल पुर्ति गर्न पनि कठिनाई परिरहेको कारणबाट यो कार्यक्रम अपरिहार्य बनेको हो ।

परिवार नियोजनका पद्धति :

१.IUD को प्रयोग 

२.परिवार नियोजन 

३.कण्डमको प्रयोग

४.DEPO Provera खोप

५.Vasectomy and tubal ligation

६.Natural cantraception

७.Sterilizetion

८.Fertility Awarness

९.Emergency Contraception method

वर्तमान अवस्था :

नेपाल परिवार नियोजन संघ स्थापना कालदेखि हालसम्म नै यस क्षेत्रको नेतृत्वदायी संस्थाको रुपमा कार्यरत राष्ट्रिय गैह्र सरकारी संस्था हो । यसले नेपालको राष्ट्रिय परिवार नियोजनका कार्यक्रमहरुमा करिब ३० प्रतिशत योगदान गरिरहेको छ । हाल ३७ जिल्लामा यस संस्थाले निम्न कार्य गर्दै आइरहेको छ ।

१.गरीब, सिमान्तकृत, सामाजिक रुपमा बहिस्कृत एवं सुविधाबाट वञ्चित समुदायलाई अत्यावश्यक स्वास्थ्य सेवा तथा सचेतनाका कार्यक्रम सञ्चालन ।

२.यौन पेसामा संलग्नहरु, एच. आइ. भि संक्रमित,LGBTI People, सुइमार्फत लागुऔँषध प्रयोगकर्ताहरु,migrant workers, लैङ्गिक हिंसामा परेकाहरुलाई सचेतना कार्यक्रम सञ्चालन आदि ।

अबको बाटो :

१.जनगणना २०६८ को तथ्याङ्क हेर्दा १.३५ प्रतिशत रहेको वृद्धिदर सन् २०१९ मा आउँदा १.८३ प्रतिशत रहेकोे देखिन्छ भने जनघनत्व पनि बढेर प्रति वर्गकिलोमिटर १८० पुगेको अवस्था छ । 

२.पूर्वाधारको विकाश, रोजगारीको सिर्जना तथा उत्पादनमा वृद्धि ल्याउन नेपाल हाल दुर्लभ जनसाङ्ख्यिक लाभको अवस्थामा रहेकाले त्यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी देखिएको ।

३.छोराको चाहना, गरिबी तथा अन्य सामाजिक कारणबाट बढिरहेको जनसङ्ख्या नियन्त्रण गर्न आवश्यक प्रयासको थालनी गर्नुपर्छ ।

४.हाल सञ्चालित परिवार नियोजनका कार्यक्रमहरुलाई दूरदराजसम्म पु¥याउन तहगत सरकारहरुले उत्साहपूर्वक लाग्नु आवश्यक छ ।

५.परिवार नियोजनका साधनको प्रयोगबारेको सचेतना वृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्नुका साथै त्यस्ता साधन र पद्धतिप्रति अधिकांश नागरिकको सहज पहुँच स्थापित गर्नु आवश्यक छ ।

६.गरिबी, जनसङ्ख्या वृद्धि, उत्पादनका साधनमा प्रभाव – उपभोगमा दबाब – आवश्यकता पुर्तिमा समस्या – अभावको अवस्था “पूनः गरिबी” यो चक्रको अन्त्य गर्न तिनै तहका सरकार, गैर सरकारी संस्था, नागरिक समाज, अन्य सामाजिक संघसंस्था लगायत सम्पूर्ण सरोकारवालाको सामुहिक प्रयास र समन्वयताका कार्य अगाडि बढाउन सके परिवारहरुको आकार व्यवस्थित हुने देखिन्छ । 

 

सम्बन्धित समाचारहरू

Comments