माधव नेपालले गरे एकीकृत समाजवादीको पार्टी कार्यालयको उद्‌घाटन (तस्बिरमा हेर्नुहोस्)

  • झरना खबर
  • २०७८ आश्विन १ गते ११:५४ बजे प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । 

शुक्रबार बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष माधव कुमार नेपालले उद्‌घाटन गरेका हुन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताएका छन् । नेपालले कुनै पद प्राप्तिका नयाँ पार्टी नबनाएको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई चुनावसम्मै लैजाने पनि बताए । 

पार्टी कार्यालय बनाइएको घर पाँच वर्षका लागि भाडामा लिइएको छ । भाडामा लिइएको घरको मासिक भाडा तीन लाख रुपैयाँ रहेको एकीकृत समाजवादीका नेता बेदुराम भुसालले जानकारी दिए । 

सम्बन्धित समाचारहरू

Comments