आजबाट यमपञ्चक सुरु,आज काग तिहार घर घरमा कागको पुजा

  • झरना खबर
  • २०७७ कार्तिक २८ गते ०८:०१ बजे प्रकाशित

काठमाडौं : आज काग तिहार अर्थात कार्तिक कृष्ण त्रयोदशी यम पंञ्चकको आज दोस्रो दिन आज बिहानै यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर यो तिहार मनाइँदैछ।हिन्दु संस्कार अनुसार यमराजले लोकको हरेक खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने गरिन्छ।कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने प्रचलन रहेको छ।

बिहानै सूर्य उदयसँगै कागलाई मीठो खान दिएर काग तिहार मनाउनुपर्ने भएकाले आज नै काग तिहार रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ।लोक संस्कार र धार्मिक व्यवहारमा काग घर घरमा आई कराएमा शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ।काग घर वरपर आई कराएमा कागले केही खबर लिएर आएको भन्ने जन विश्वाससमेत रहेको छ।

सम्बन्धित समाचारहरू

Comments