कोरोना भाइरस (कोभिड -१९) र नेपाली पर्यटनमा दादागिरी

  • २०७७ आश्विन १० गते २०:०४ बजे प्रकाशित

काठमाण्डौं : देश कोरोना भाइरस कोभिड १९ का कारण संक्रमणकालिन अवस्थामा छ।सम्पूर्ण आर्थिक सूचकहरु ओरालो दिशा उन्मुख छन।रोजगारीका अवसरबाट मानिसहरू टाढिएका छन अनि रोजगारी सृजना गर्ने निजी लगानीकर्ताहरु हतासिदै के गर्ने र कसरी बाँच्ने भन्ने तर्फ लागेका छन।नेपालमा रोजगारी सृजना गर्ने मध्येको एउटा महत्वपूर्ण क्षेत्र हो पर्यटन।नेपालको पर्यटन क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा झण्डै दश लाख व्यक्तिहरूले रोजगारी पाएका छन।मौसमी व्यवसायी हुँदा हुँदै पनि दश लाख व्यक्तिलाई परोक्ष र अपरोक्ष खान दिने रोजगारीको क्षेत्रलाई सानो ठान्नु हुन्न।यद्यपी नेपाली पर्यटन व्यवसायलाई सदाबहार गर्न सकिने प्रशस्त आधारहरू छन।यस क्षेत्रसँग सम्बन्धित रहेर ट्राभल्सएजेन्सी,होटल,कुक,वेटर,ड्राइभर,ट्रेकिङ्ग व्यवसायी, ट्रेकिङ गाईड,पाईलट,एवम टुर गाईड लगायत दक्ष,अर्ध दक्ष तथा आफ्नो परिश्रम मात्र बेच्ने अदक्ष जनशक्तिले आफ्नो रोजीरोटी चलाएका छन।त्यसको अलावा भ्रमणका क्रममा पर्यटकहरुले प्रत्यक्ष भेटेर गरीब,दुःखी भरिया,ड्राइभर वा गाइडका छोराछोरीहरू समेतलाई पढाउनका लागि लगानी गरिदिएका छन्।कतिपय अवस्थामा नेपाली पर्यटन क्षेत्रले रगतको नाता भन्दा भावनात्मक सम्बन्ध सुद्दृढ र बलियो भएको प्रमाण समेत दिइसकेको छ।यस्तो संवेदनशील क्षेत्रमाथि राष्ट्र र राष्ट्रियता थला परेको बेला यही मौका हो भनी पर्यटन क्षेत्रमाथि सुनियोजित हमलाको प्रयास भइरहेका छन्।

भर्खरै नेपालका विभिन्न एयर लायन्स कम्पनीहरुले नेपाल भ्रमणका विभिन्न कार्यक्रमका प्याकेजहरू प्रस्तुत गरेका छन्।पहिलो भ्रमण प्याकेज प्रस्तुत गर्ने बुद्ध एयर भन्दा यति एयर सस्तो अनि यति भन्दा समिट एयर अझ सस्तो मूल्यमा नेपालका प्रमुख शहर र प्रसिद्ध ट्रेकिङ्ग रुटहरुको भ्रमणका योजनाहरु ल्याएका छन्।एयर लायन्स कम्पनीहरुले नेपाल भ्रमणका विभिन्न योजनाहरु प्रस्तुत गर्नु खेदजनक छ। हवाई यातायातलाई ध्यान दिइ अन्तराष्ट्रिय र राष्ट्रिय दुरीलाई मेट्दै विश्वलाई एउटा गाउँको रूपमा रूपान्तरण गर्नु सञ्चार र यातायात कर्मीहरुको कर्म र धर्म दुवै हो न की उनीहरूले देखेको जती मुनाफा हुने सम्पूर्ण क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्नु हवाई क्षेत्रका विशेषज्ञ जोसँग लगानी छ उनीहरूले पर्यटन क्षेत्रमा लगानी नै गर्न पाउँदैन भन्नु त प्रतिस्पर्धी बजारको सिद्धान्त विपरीत हो।लगानी गर्न पाइन्छ तर हवाई जहाज कम्पनीबाट हैन पर्यटन कम्पनी अन्तर्गत रहेर।

नेपाल सरकारले नेपाल भित्र पर्यटकहरुकोभ्रमणलाई सहजीकरणका निमित्त विभिन्न संघ-संस्थाहरुलाई रित पूर्वक स्थापना गरेको छ।यिनै पर्यटकहरुको भ्रमणलाई सहजीकरण गर्ने संघ-संगठनको विधान,नीति,नियम अन्तर्गत रहेर जहाज कम्पनीका साहुहरु समेत पर्यटन सहजीकरण व्यवसायमा लाग्न सक्छन।यदि यसरी आर्थिक रूपमा सवल पक्ष पर्यटनको क्षेत्रमा लागे त्यो लगानीले सार्थकता पाउने थियो।यहाँ बुझ्नु पर्ने चुरो एयर लायन्स कम्पनीहरुको क्षेत्राधिकार हो।उसले गर्ने भनेको एक गन्तव्यबाट अर्को गन्तव्यमा आफ्ना यात्रुलाई पुर्याउने हो।एयर लायन्स कम्पनी स्वयंले होटल र पर्यटकलाई देशको बारेमा जानकारी दिने समेत दुस्साहस गर्नु उनीहरूको दादागिरीको पराकाष्ठा हो।यसले नेपाली पर्यटन क्षेत्र उभो हैन उधो लाग्ने पक्का छ।हवाई मार्गबाट गराइने पर्यटन गतिविधिले पर्यटन व्यवसायी र पेशाकर्मी सदस्यहरुले आफ्नो रोजगारी गुमाउँदै छन्।

हवाई मार्गबाट गराइने पर्यटकिय गतिविधिले पर्यटकहरुको नेपाल बसाईका दिनहरू छोटो बनाउँदै छ।विभिन्न स्थानिय सुन्दर क्षेत्रहरू पर्यटकहरुको आँखाबाट ओझेलमा पर्नेमा शङ्का भएन ? ग्रामीण बस्ती जहाँ मौलिक नेपालीपन देख्न र अवलोकन गर्ने मौका मिल्छ त्यो अवसरमा अंकुश लाग्ने अवस्था सृजना हुँदैछ।पर्यटन क्षेत्रले विकेन्द्रीकृत सुविधा प्रदान गर्नुको सट्टा केन्द्रीकृत बनाउँदै छ।बीसौं हजारको संख्यामा रहेका ट्रेकिङ्ग गाईड र हजारौंको सङ्ख्यामा टुर गाईडहरु आफ्नो पेशाबाट विस्थापित हुने अवस्था सृजना हुँदै छ।त्यो भन्दा पनि ठूलो संख्यामा रहेका रहेका भरिया दाइहरूले चाडबाडकै समयमा आफू विदेशीको भारी बोकेर नै भए पनि लाला  बाबालाई मीठो मसिनो खुवाएको सत्य अब सपनामा परिणत हुँदैछ।सार्वजनिक सम्पति,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रहरुसंगै पर्यटन समेत एयर लायन्स कम्पनीलाई जिम्मा दिनुले सरकारले पर्यटकिय विकासका लागि अनुमति दिएका बोर्ड, संघ-संस्थाको अस्तित्व र पहिचानको सङ्कट उत्पन्न गरेको छ।एकाद ट्रेकिङ एजेन्सि र ट्राभल्स एजेन्सी बाहेक बहुसंख्यक ट्राभल्स,ट्रेकिङ तथा टुर एजेन्सिका मालिकहरू कामदार हुँदै मालिकको भर्याङ्ग चढेका हुन एद्यपी श्रम शोषण गर्न यिनीहरू पनि मायुर नै छन्।साना र राष्ट्रिय लगानीकर्ताबाट नेपाली पर्यटन उद्योग खोसेर ठूला र अन्तराष्ट्रिय लगानीकर्तालाई जिम्मा दिनु समाजवाद उन्मुख संविधानको विरुद्ध समेत हो।

स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति विरुद्ध निरन्तर लड्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीलाई सधैं लोप्पा खुवाउने सरकार आफू,आफन्त र आसेपासेलाई आकाशमा उडाउने मीठो सपनासंग पर्यटक गतिविधि एयर लायन्स कम्पनीलाई दिँदै छ र सार्थक हुन लागिसकेको सपनाबाट पछि हट्ने देखिँदैन।यो विरुद्ध पर्यटन संघ संस्था र संगठनहरुले बेलैमा सङ्गठित हुन जरुरी छ।नेपालको पर्यटन व्यवसायलाई मर्यादित गर्न पर्यटनको छाता मुनि रहेका गरी खानेलाई ओत लगाउनु पर्यो ? चर्को घाम लाग्दै नी पर्यटन मजदूर,गाईड,ड्राइभर लगायतको जनशक्तिलाई छाता बाहिर अनि वर्षातमा समेत उही गति ? सधैं साहु पोस्ने निर्णय मात्र लिँदा आज लाखौं मजदुरको पेटमा लात हान्दा समेत सही मजदुर बोलेको छैन किन ? त्यसैले एयर लायन्स दादागिरीको सामना गर्न PATA,NAATA,NMA लगायतका सम्पूर्ण पर्यटन व्यवसायिहरुले आफ्नो ईख, द्वेष,रागलाई भुलेर पेशाकर्मी संघ-संगठनहरुसँग हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन।व्यवसायी तथा पेशाकर्मी मिलेर नेपालको पर्यटन क्षेत्रको विकासको निमित्त भद्र सत्याग्रहि आन्दोलनको जरुरी छ।

सम्बन्धित समाचारहरू

Comments