अधिवेशनको तयारी अन्तिम चरणमा - अध्यक्ष राई

  • झरना खबर
  • २०७८ श्रावण ११ गते २०:२२ बजे प्रकाशित

काठमाडौँ -  नेपाल कम्युनिष्ट पार्टी  एमालेको केन्द्रीय विवादले काठमाडौँलाई केहि असर परेको देखिदैन । एमाले काठमाडौँ  जिल्ला कमिटीले  वडा स्तर अर्थात् शाखा कमिटीको  अधिवेसन अर्को  महिना भित्रै  सक्ने  गरी तयारी गरीरहेको छ  । एमाले काठमाडौँ  जिल्ला कमिटी अध्यक्ष कृष्ण राई समय मै अधिवेसन सक्ने बताउछन् । जिल्ला कमिटी काठमाडौँले अधिवेशनको तयारी लगभग सकेको पार्टी केन्द्रीय सदस्य एबम संघीय सांसद समेत रहेका राईले बताए ।  काठमाडौँ  जिल्लाका १० वटा  क्षेत्रबाट सदस्यता अध्यावधिक एबम नबिकरण गर्ने कार्य अन्तिम चरणमा रहेको  बताउदै  नेता राईले माधब नेपालको गतिविधिले काठमाडौँमा  केहि असर नपरेको बताए । 
 जिल्ला कमिटीले  सदस्यता विस्तार र प्रशिक्षणलाई तीव्रता दिएको छ । मातहातमा रहेका कमिटीका  नेता कार्यकर्ता तथा कमिटीहरुको सुझाव संकलन पछी जिल्ला कमिटीको बैठक राख्ने तयारी गरेका छ  ।  
जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा एकै दिन क्षेत्रीय कमिटीहरुको बैठक आयोजना गरेर सदस्यता नविकरण,संगठन निर्माण तथा सुदृढीकरण अभियान संचालन गरेको र केन्द्रीय कमिटीको निर्देशन अनुसार भाद्र ५ गते जिल्लाका १३८ वडामा हुने अधिवेसन हुने  छ।
राईले पार्टीलाई थप नयाँ तरिकाबाट अगाडी बढाउन पार्टी सुदृढीकरणका  अभियान संचालन गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

Comments