जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

  • झरना खबर
  • २०७८ श्रावण ११ गते १८:१४ बजे प्रकाशित

कपिलवस्तु : कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको कुखुरा फर्ममा किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

Comments