रेशम चौधरीद्वारा पार्टी विभाजनको आधिकारिकताका लागि जेल भित्रैबाट सनाखत गर्न अस्वीकार

  • झरना खबर
  • २०७८ श्रावण ११ गते १३:०७ बजे प्रकाशित

काठमाडौँ : केन्द्रीय कार्यकारिणी परिषदका सदस्य रेशम चौधरीले जनता समाजवादी पार्टी ९जसपा० विभाजनका लागि जेल भित्रैबाट सनाखत गर्न  अस्वीकार गरेका छन्।

सोमबार निर्वाचन आयोगका कर्मचारीले डिल्लीबजार कारागारमा पुगेर सनाखत गराउन खोजे पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिएका छन्।

उनले निर्वाचन आयोगमा आफै उपस्थित हुने अडान लिएपछि कर्मचारीहरु फर्किएका छन्।

आयोगले चौधरीलाई आयोगमै उपस्थित गराउने बारे गृह मन्त्रालय र कारागार विभागसँग  समन्वय गरिरहेको छ। चौधरीलाई आयोगमा सनाखतका लागि आयोगमा उपस्थित गराउनका लागि व्यवस्था मिलाउन आग्रह गर्दै निर्वाचन आयोगले कारागार व्यवस्थापन विभागलाई पत्र काटेको छ ।

अहिलेसम्म महन्थ ठाकुरको पक्षमा १६ तथा उपेन्द्र यादवको पक्षमा ३४ जनाले सनाखत गरेका छन् ।

निर्वाचन आयोगले  सोमबार  जसपाको आधिकारिकता विवादको छिनोफानो  गर्दैछ। त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन्।

विवाद टुंग्याउनका लागि निर्वाचन आयोगले सनाखत अर्थात हेड काउण्ट गर्दैछ।

सम्बन्धित समाचारहरू

Comments