शनिबारदेखि सार्वजनिक यातायात सञ्चालनमा

  • झरना खबर
  • २०७८ श्रावण ८ गते १६:०४ बजे प्रकाशित

काठमाडौँ : लामो समयदेखि  कोरोना महामारीका कारण बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै शनिबारदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments