ओली पक्षका केन्द्रीय सदस्य गुट परिवर्तन गर्दै नेपाल पक्षमा

  • झरना खबर
  • २०७८ श्रावण ७ गते ०९:४७ बजे प्रकाशित

काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल पक्षमा लाग्न ठिक्क परेका हुन् ।

विश्वस्त स्रोतका अनुसार गुट परिवर्तनका लागि ठिक्क परेकामा पूर्वमालेका केन्द्रीय सदस्यहरु बढी छन् । उनीहरुले माधव नेपाल पक्षका नेताहरुलाई भेटेर साथ दिन तयार भएको बताइसकेका छन् ।

नेकपा एमालेको नवौं महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीका हाल रहेका २०३ मध्ये ८३ जना नेपाल पक्षमा छन् । उनीहरु एक ढिक्का भएमा नेपाल पक्षले बहुमत पुर्याउने लक्ष्य राखेको छ । १३ जना थपिंदा ९६ हुने र बाँकी ६ जनालाई तान्न सकिने आँकलन नेपाल पक्षको छ ।

तर, माधव नेपाल पक्षकै उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल तटस्थ अवस्थामा छन् । उनीहरुले नेपाललाई साथ नदिने संकेत गरेका छन् ।

एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतम मिलेर केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास जारी राखेका छन् । केन्द्रीय कमिटीमा बहुमत पुगेमा ओलीलाई हटाउने र नपुगे पार्टी फुटाउने सम्मको तयारी भइरहेको छ । यसैकारण माधव नेपालले हतारमा निर्णय नलिएको बुझिएको छ ।रिपोर्टर्स नेपालबाट

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments