टोकियो ओलम्पिकमा स्विडेनले अमेरिलाई ३–० गोलले पराजित

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १७:५१ बजे प्रकाशित

काठमाडौँ : टोकियो ओलम्पिक  महिला फुटबल खेलमा स्विडेनले अमेरिकालाई ३–० गोलको अन्तरमा पराजित गरेको छ ।आनिजामातो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २  र लिना हुर्टिङले १ गोल गरिन् ।

२५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । र ७२ औं मिनेटमा लिनाले गोल गरेपछि स्विडेन ३ अंक बटुल्न सफल भयो ।

दोस्रो खेलमा स्विडेनले अष्ट्रेलिया र अमेरिकाले न्युजिल्याण्डसँग जुलाई २४ मा खेल्नेछन् ।

कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments