भारतमा ‘कालो ढुसी’को संक्रमणबाट ४३ सयभन्दा बढिको मृत्यु

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १७:३६ बजे प्रकाशित

काठमाडौं : भारतमा म्युकरमाइकोसिस (कालो ढुसी) को संक्रमणको कारण ४३ सयभन्दा बढिको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३७४ संक्रमित फेला परेका छन् । उनीहरुमध्ये करिब आधा मानिसहरुले यसको उपचार गराइरहेका छन् ।

कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पनि पर्ने गर्छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिसहरु छन् । कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् ।

डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको छ । भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७८५ छ ।

भारतको बेंग्लोरका डाक्टर रघुराज हेग्ड पछिल्लो समय ठूलो संख्यामा यसका बिरामी आइरहेको र यसबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्य रहेको बताएका छन् ।  उनका अनुसार केही बिरामीको अस्पताल ल्याउनुभन्दा अघि नै मृत्यु हुने गरेको छ र साथै  केहीमा भने उपचारपछि घर फर्किएपछि पुनः यो समस्या देखिएको छ ।  स्रोत अनलाइनखबरबाट

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments