पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १६:५४ बजे प्रकाशित

सुर्खेत : गत मङ्गलबार परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजरले पहिरो पन्छाउने काम भइरहेको  र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएकोबेलुकासम्ममा राजमार्ग खुला हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताएका छन् ।

उनले उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको समेत बताए ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments